रास्कोटमा सञ्चालित निःशुल्क आँखा शिविरबाट ३८ जनाको शल्यक्रिया, ७४७ जनाको आँखा परीक्षण
कालिकोट। कालिकोटको रास्कोट नगरपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरबाट ३८ जना नागरिकले आँखाको शल्यक्रिया सेवा लिएका छन्। रास्कोट नगरपालिका तथा छिमेकी पालिकाका नागरिकलाई लक्षित गरी मङ्सिर २ देखि ४ गतेसम्म रास्कोट नगर अस्पतालमा शिविर सञ्चालन गरिएको थियो।
रास्कोट नगरपालिकाको आयोजनामा सञ्चालन भएको शिविरमा ७४७ जना बिरामीको ओपीडी तथा आँखा परीक्षण गरिएको नगरपालिकाले जनाएको छ। त्यस्तै, आँखाको समस्या भएका ३८ जनाको सफल शल्यक्रिया गरिएको छ भने २०० जनालाई निःशुल्क चस्मा वितरण गरिएको अस्पताल ब्यवस्थापक कौसल न्यौपानेले बताए ।
नागरिकलाई आफ्नै गाउँघरमा विशेषज्ञ आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो। आर्थिक अवस्था कमजोर भएका तथा आँखा उपचारका लागि टाढा जानुपर्ने बाध्यता रहेका नागरिकलाई शिविरले राहत पुर्याएको छ।
स्थानीयस्तरमै विशेषज्ञ सेवा उपलब्ध हुँदा आँखासम्बन्धी समस्या भएका नागरिक लाभान्वित भएका छन्। शिविरले ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुका साथै समयमै आँखा परीक्षण र उपचार गराउनुपर्ने महत्त्वबारे समेत जनचेतना बढाएको छ।
अदालतको अन्तरिम आदेशविपरीत बडुवालको बैंक खाता रोक्का गर्न मन्त्रालयको निर्देशन, मन्त्रालय र अदालतबीच क्षेत्राधिकारको प्रश्न
कालिकोट । कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर बडुवालको सरुवा विवादले नयाँ मोड लिएको छ। सरुवा
पार्टी समायोजन पछि कार्यबिभाजनमा नेकपा भित्र चरम असन्तुष्टि, फण्डावालाको मालामाल , बिभाजनमा प्रचण्डलाईन कुरेकाको बेहाल
सुर्खेत । बिदेश भर्मणबाट फर्के लगतै शोमबार कालिकोटमा चार चार पटक निर्वाचन बिजयी नेकपाका प्रभावशाली नेता प्रचण्ड नजिक मानिने कर्णालिका पुर्व
सुत्केरीको क्रममा मृत्यु भएकी भावना विष्टका श्रीमान पुगे न्याय खोज्दै अदालत
Call with D Lalit Shahi सुर्खेत / सुत्केरी हुने क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएक कालिकोटकी भावना विष्टको मृत्यु प्रकरण अदालत पुगेको छ ।

प्रतिकृया दिनुहोस