आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै कालिकोटमा स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने क्रम सुरु
खाँडाचक्र नगरप्रमुखमा स्वतन्त्र युवा अभियन्ता हिक्मतजंग मल्लले उम्मेदवारी घोषणा गरेका छन ।उनले उमेदारि घोषणासंगै नगरपालिकामा घरदैलो अभियानसमेत सुरु गरेका छन
आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै कालिकोटमा स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ। कालिकोट सदरमुकाम रहेको खाँडाचक्र नगरपालिकाको नगरप्रमुख पदमा स्वतन्त्र युवा अभियन्ता हिक्मतजंग मल्लले उम्मेदवारी घोषणा गरेका छन्।
मल्लले खाँडाचक्र नगरपालिकाको नगरप्रमुखमा आफ्नो उम्मेदवारी रहने घोषणा गर्दै वडा तथा टोलमा घरदैलो र भेटघाट अभियानसमेत सुरु गरेका छन्। नगरको विकास र समृद्धिका लागि आफ्ना प्रतिबद्धता जनतामाझ राख्न अभियान सुरु गरेको उनले रेडियो प्रदेश आवाजलाई बताएका छन्।
मल्लले शिक्षा, रोजगारी, कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै अबको नेतृत्व युवाले लिनुपर्ने बताएका छन्। फोहोरमैला व्यवस्थापन, गुणस्तरीय स्वास्थ्य सेवा, सामुदायिक विद्यालयको सुधार, युवालाई रोजगारी तथा स्थानीय उत्पादनको बजारीकरणलाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाएको उनको भनाइ छ।
त्यस्तै, खाँडाचक्र नगरपालिकाभित्रका धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण, व्यवस्थित बजार निर्माण, खानेपानी, सडक तथा डिजिटल सेवा प्रवाहलाई प्रभावकारी बनाउने योजना पनि उनले अघि सारेका छन्। सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणलाई समेत प्राथमिकतामा राखेको मल्लले बताएका छन्।
‘विकास भाषणले होइन, स्पष्ट दृष्टिकोण, इमानदार नेतृत्व, सामूहिक प्रयास र परिणाममुखी कामले सम्भव हुन्छ,’ उनलेभने स्थानीय तह गैरदलीय हुनुपर्ने युवाहरूको माग रहेको उल्लेख गर्दै मल्लले दलबाट निर्वाचित जनप्रतिनिधि सम्बन्धित दलप्रति बढी उत्तरदायी हुने अवस्था रहेको तर्क गरेका छन्। स्वतन्त्र उम्मेदवार सबै नागरिकका लागि समान पहुँच र उत्तरदायित्वसहित काम गर्न सक्ने भएकाले आफूले दलगत नभई स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्ने निर्णय गरेको उनले बताए।
यसअघि मल्ल स्वतन्त्र युवा अभियन्ताका रूपमा सक्रिय थिए।स्थानीय तह निर्वाचनको मिति घोषणा हुनुअघि नै कालिकोटमा उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ। मल्लको उम्मेदवारी घोषणासँगै खाँडाचक्र नगरपालिकामा आगामी निर्वाचनलाई लिएर राजनीतिक तथा चुनावी चर्चा सुरु हुन थालेका छन ।
नरहरीनाथमा जनप्रतिनिधिका आफन्तलाई बोक्न एम्बुलेन्स ! दमकल, शववाहन र एम्बुलेन्सको अभावमा नागरिक सास्ती खेप्दै
कालीकोट । नागरिकको आपत्कालीन उद्धार, स्वास्थ्य सेवा र सार्वजनिक सुरक्षाका लागि आवश्यक सरकारी सवारीसाधनको अभाव कालीकोटका स्थानीय तहमा देखिएको छ ।
स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा रास्कोट प्रथम, पचालझरना दोस्रो र सान्नीत्रिवेणी तेस्रो
कालिकोट — स्वास्थ्य सेवा कार्यालय कालिकोटको आयोजनामा आर्थिक वर्ष २०८२/०८३ मा जिल्लामा सञ्चालीत कार्यक्रम र पालिकामा सन्चालित स्वास्थ्य
कर्णालीमा मन्त्री छनोट सकस: हुम्लाबाट सांसद जुम्कित लामालाई मन्त्री बनाउन हुम्ला नेकपाको दबाब
सुर्खेत । कर्णाली प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वमा नयाँ सरकार गठन हुने निश्चित भएसँगै पार्टीभित्र मन्त्री बन्ने आकांक्षा तीव्र

प्रतिकृया दिनुहोस