• सोमबार ७-१७-२०८३/Monday 11-02-2026

रास्कोटमा जङ्गली सुँगुरको आतंक, किसानको धानबाली नष्ट

कालिकोट। कालिकोटको रास्कोट नगरपालिका–१ स्थित धान्दे काडा क्षेत्रमा जङ्गली सुँगुरले धानबालीमा क्षति पुर्‍याएको छ। जङ्गली सुँगुर खेतमा पसेर धानबाली नष्ट गरेपछि स्थानीय किसान चिन्तित बनेका छन्।

 

स्थानीय किसान धर्मजी तिरुवाका दुई अलग-अलग खेतमा जङ्गली सुँगुर पसेर धानबाली नष्ट गरेको बताइएको छ। पहिलो खेतमा २०८३ साल कात्तिक ११ गते र दोस्रो खेतमा कात्तिक १३ गते जङ्गली सुँगुर पसेर धानबालीमा क्षति पुर्‍याएको हो।

 

वर्षभरि मेहनत र पसिना बगाएर उत्पादन गरेको धानबाली जङ्गली जनावरले नष्ट गरेपछि किसान तिरुवा आर्थिक रूपमा कम्जोर रहेकाले समस्यामा पर्ने चिन्तामा छन्। खेतीपातीबाटै परिवारको जीविकोपार्जन गर्दै आएका किसानका लागि धानबालीमा भएको क्षति ठूलो पीडाको विषय बनेको छ।

 

जङ्गली जनावरले किसानको वर्षभरिको मेहनत नष्ट गर्दा क्षतिकोमाग गरेका छन । पीडित किसानले राहत तथा क्षतिपूर्ति कसरी पाउने भन्ने समेत अनबिज्ञता रहेको छ  ।

 

पीडित किसानले सम्बन्धित वडा कार्यालय, रास्कोट नगरपालिका, डिभिजन वन कार्यालयलगायत सरोकारवाला निकायसँग घटनाको स्थलगत अनुगमन गरी क्षतिको यकिन विवरण संकलन गर्न तथा उचित राहत र क्षतिपूर्तिका लागि पहल गर्न माग गरेका छन्।

 

किसानको मेहनत र पसिनाको उचित मूल्याङ्कन गर्दै जङ्गली जनावरबाट हुने खेतीबालीको क्षति न्यूनीकरण तथा पीडित किसानलाई राहत उपलब्ध गराउन सम्बन्धित निकायले समयमै ध्यान दिनुपर्ने देखिन्छ।

प्रतिकृया दिनुहोस

शंकर मावि सेरिज्युलाले गर्‍यो वार्षिक सार्वजनिक सुनुवाइ, विज्ञान प्रयोगशाला र पुस्तकालय उद्घाटन

कालीकोट — सान्नीत्रिवेणी गाउँपालिका–१ रकु सेरिज्युलास्थित शंकर माध्यमिक विद्यालयले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक सार्वजनिक सुनुवाइ तथा

वर्षाको सम्भावना भन्दै शुक्रवार विद्यालय र सार्वजनिक कार्यक्रम बन्द गर्न कालिकोट प्रशासनको आग्रह

कालीकोट । मौसम पूर्वानुमान महाशाखाले २०८३ असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारी

स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा रास्कोट प्रथम, पचालझरना दोस्रो र सान्नीत्रिवेणी तेस्रो

कालिकोट — स्वास्थ्य सेवा कार्यालय कालिकोटको आयोजनामा आर्थिक वर्ष २०८२/०८३ मा जिल्लामा सञ्चालीत कार्यक्रम  र पालिकामा सन्चालित स्वास्थ्य

↑