• मंगलबार ७-११-२०८३/Tuesday 10-27-2026

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ कर्णाली करिडोर हुँदै हुम्ला प्रस्थान

कालीकोट। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संघीय सांसद हर्क साम्पाङसहितको टोली माथिल्लो कर्णालीको भ्रमणमा निस्किएको छ। कर्णाली करिडोर हुँदै सुर्खेत, दैलेख र कालीकोट भएर मुगु हुँदै टोली हुम्ला प्रस्थान गरेको हो।

 

टोलीमा श्रम संस्कृति पार्टीका सङ्खुवासभाका सांसद पूर्ण लिम्बू, सांसद राधिका रम्तेलसहितका नेताहरू सहभागी छन्। आइतबार सुर्खेत हुँदै दैलेख पुगेको टोली सोमबार कर्णालि करिडोर हुदै  हुम्ला पुग्ने बताइएको छ।

 

मङ्गलबार हुम्लाका स्थानीय नागरिकसँग जनजीविकासँग सम्बन्धित सवालमा नागरिक साक्षात्कार गर्ने कार्यक्रम रहेको सांसद पूर्ण लिम्बूले जानकारी दिए। त्यसपछि टोली मुगुको रारा हुँदै जुम्ला र कालीकोट भएर सुर्खेत फर्किने उनले बताए।

 

केही समयअघि हुम्लामा बालबालिकाले तुइनको सहायताले कर्णाली नदी पार गरिरहेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अध्यक्ष साम्पाङले श्रमदानका लागि हुम्ला पुग्ने र पुल निर्माणमा सहयोग गर्ने घोषणा गरेका थिए। सोही घोषणापछि श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका संसदीय दलका नेता साम्पाङ हुम्ला पुगेका हुन्।

 

टोलीको भ्रमणलाई स्थानीय नागरिकका जनजीविकाका समस्या बुझ्ने तथा कर्णाली क्षेत्रका पूर्वाधार र विकासका सवालमा छलफल गर्ने अवसरका रूपमा हेरिएको छ।

प्रतिकृया दिनुहोस

रास्कोटमै भूमि प्रशासन कार्यालय उद्घाटन, अब मालपोत र नापीका काम रास्कोटबाटै।

कालिकोटको रास्कोट नगरपालिकामा जिल्ला सदरमुकामवाट प्रवाह हुदै

शुक्रवार सुर्खेतमा महिनावारी स्वास्थ्य तथा स्वच्छता सिकाइ सम्मेलन हुँदै

सुर्खेत /महिनावारीसम्बन्धी गलत धारणा र भ्रमको अन्त्य गर्दै छाउपडी प्रथा उन्मूलन गर्ने उद्देश्यले कर्णाली प्रदेशस्तरीय महिनावारी स्वास्थ्य तथा

रास्कोटमै एक साताभित्र मालपोत तथा नापी सेवा सञ्चालन हुने

कालीकोटको रास्कोट नगरपालिकामा भूमि प्रशासनअन्तर्गत मालपोत तथा नापी सेवा सञ्चालनका लागि स्थलगत अनुगमन सम्पन्न भएको छ। अनुगमनका क्रममा अबको एक

↑