रास्कोटमै भूमि प्रशासन कार्यालय उद्घाटन, अब मालपोत र नापीका काम रास्कोटबाटै।
कालिकोटको रास्कोट नगरपालिकामा जिल्ला सदरमुकामवाट प्रवाह हुदै आएको भूमि प्रशासनअन्तर्गत मालपोत तथा नापीसेवाको प्रारम्भ गरिएको छ। यस अघि ईलाका प्रशासन कार्यालय रास्कोट स्थापना भई नागरिक्ता र राष्ट्रिय परिचयपत्र जस्ता कामहरू सुचारू भएसंगै कर्णालि पारिका पलाता , पचालझरना रास्कोट र सान्नित्रिवेणीका नागरिकले अब ५० को काम गर्न हजार खर्चिनु पर्ने समस्यावाट छुटकारा पाएका छन । सुरूमै राजश्व तथा कर सम्बन्धिका कामहरूमा सहज गराउन रावा बैक साखा स्थापना गरिएको रास्कोटमा हाल सदरमुकाम पुग्नु पर्ने धेरैकामहरू रास्कोट सरेका छन । बिधुत महसुल संकलन काउण्टर , खाद्य डिपो स्थापना , नुन डिपो मार्फत नुन बितरण, रणनितिक अस्पताल मार्फत स्वास्थ्य सेवा र नापि र मालपोत सम्बन्धिकामहरू अव रास्कोट नगरवाटै प्रदान गरिने भएका छन । भुमि प्रशासन कार्यालयको नगर प्रमुख धर्मराज शाहीले उद्घाटन गरेसँगै शुक्रवार देखी स्थानीयस्तरबाटै भुमी प्रशासनसम्बन्धी सेवा उपलब्ध गराउन लागिएको हो ।
स्थानीय तहबाटै सरकारी सेवा प्रवाहलाई सहज, सरल र नागरिकमैत्री बनाउने उद्देश्यसहित सुरु गरिएको यस पहललेरास्कोटका नागरिकले अव अदालतत सम्बन्धिका काम बाहेकअन्य काम रास्कोटवाटै उपलब्ध हुने छन
भुमि प्रशासन सम्बन्धिका कामहरू भने तत्काललाई रास्कोट क्षेत्रका नागरिकलाई मात्र प्रदान हुने छ । केही समयमा सबै क्षेत्रमा सेवा पुग्ने अपेक्षा गरिएको छ।
रास्कोटमा इलाका प्रशासन कार्यालय सञ्चालनमा आएपछि रास्कोट, सान्नीत्रिवेणी, पचालझरना र पलाता क्षेत्रकानागरिकलाई नागरिकता तथा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा लिन सहज भईरहेको छ । यसअघि यस्ता सेवा लिन सदरमुकाममान्म पुग्नुपर्ने बाध्यता र खर्चिलो यात्राका कारण नागरिकले सास्ती खेप्दै आएका थिए।
भौगोलिक विकटता, कमजोर यातायात पहुँच र कार्यालयको दूरीका कारण कर्णालीका दुर्गम क्षेत्रका नागरिकले अझै पनिआधारभूत प्रशासनिक सेवा लिन सदरमुकाम धाउनु पर्ने बाध्यात्मक कठिनाइ भोगिरहेका छन्।
शुक्रवार सुर्खेतमा महिनावारी स्वास्थ्य तथा स्वच्छता सिकाइ सम्मेलन हुँदै
सुर्खेत /महिनावारीसम्बन्धी गलत धारणा र भ्रमको अन्त्य गर्दै छाउपडी प्रथा उन्मूलन गर्ने उद्देश्यले कर्णाली प्रदेशस्तरीय महिनावारी स्वास्थ्य तथा
रास्कोटमै एक साताभित्र मालपोत तथा नापी सेवा सञ्चालन हुने
कालीकोटको रास्कोट नगरपालिकामा भूमि प्रशासनअन्तर्गत मालपोत तथा नापी सेवा सञ्चालनका लागि स्थलगत अनुगमन सम्पन्न भएको छ। अनुगमनका क्रममा अबको एक
भिडिसेफ नेपालको वार्षिक साधारणसभा तथा सार्वजनिक लेखापरीक्षण सम्पन्न
कालिकोट /भिडिसेफ नेपाल कालिकोटको वार्षिक साधारणसभा तथा सार्वजनिक लेखापरीक्षण कार्यक्रम जिल्ला सदरमुकामस्थित होटल चन्द्रसूर्यको सभाहलमा सम्पन्न

प्रतिकृया दिनुहोस