रास्कोटमै भूमि प्रशासन कार्यालय उद्घाटन, अब मालपोत र नापीका काम रास्कोटबाटै।
कालिकोट। कालिकोटको रास्कोट नगरपालिकामा जिल्ला सदरमुकाम मान्मबाट प्रवाह हुँदै आएको भूमि प्रशासनअन्तर्गत मालपोत तथा नापी सेवा सुरु गरिएको छ। भूमि प्रशासन कार्यालयको उद्घाटनसँगै शुक्रबारदेखि स्थानीयस्तरबाटै भूमि प्रशासनसम्बन्धी सेवा उपलब्ध हुन थालेको रास्कोटका मेयर धर्मराज शाहीले बताए ।
कार्यालयको उद्घाटन पछी मेयर शाहीले रास्कोट नगरपालिकाकामा भूमि प्रशासन कार्यालय सञ्चालनमा आएसँगै मालपोत तथा नापीसम्बन्धी सेवा लिन सदरमुकाम मान्म पुग्नुपर्ने बाध्यता केही हदसम्म अन्त्य हुने बताए ।
यसअघि रास्कोटमा इलाका प्रशासन कार्यालय स्थापना भई नागरिकता तथा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सञ्चालनमा आएपछि रास्कोट, सान्नीत्रिवेणी, पचालझरना र पलाता क्षेत्रका नागरिकलाई सरकारी सेवा लिन सहज हुँदै आएको छ। अब भूमि प्रशासन सेवा पनि सुरु भएपछि रास्कोटका स्थानीय नागरिकले समयमा सहज सेवा पाउने बताए ।
स्थानीयस्तरमा सरकारी सेवा विस्तार गर्ने क्रममा रास्कोटमा रावा बैंक शाखा स्थापना गरी राजस्व तथा करसम्बन्धी कारोबार सहज बनाइउदै , विद्युत् महसुल सङ्कलन काउन्टर स्थापना ,खाद्य डिपो तथा नुन डिपोमार्फत नुन वितरणलगायतका सेवा उपलब्ध हुँदै आएका छन्। रणनीतिक अस्पतालमार्फत स्वास्थ्य सेवा पनि प्रवाह भइरहेको नगर प्रमुख शाहीले बताए ।
स्थानीय तहबाटै सरकारी सेवा प्रवाहलाई सहज, सरल र नागरिकमैत्री बनाउने उद्देश्यले सेवा विस्तार गरिएको हो। यसले भौगोलिक विकटता, कमजोर यातायात पहुँच र सदरमुकामको दूरीका कारण सरकारी सेवा लिन कठिनाइ भोग्दै आएका नागरिकलाई राहत पुग्ने अपेक्षा गरिएको छ।
यद्यपि, भूमि प्रशासनअन्तर्गतका मालपोत तथा नापी सेवा तत्कालका लागि रास्कोट क्षेत्रका नागरिकलाई मात्र उपलब्ध गराइने जनाइएको छ। आगामी दिनमा अन्य क्षेत्रका नागरिकलाई समेत सेवा विस्तार गर्ने अपेक्षा गरिएको छ।
यसअघि सामान्य प्रशासनिक कामका लागि समेत सदरमुकाम मान्म पुग्नुपर्ने बाध्यता र यात्रामा लाग्ने खर्चका कारण नागरिकले सास्ती भोग्दै आएका थिए। रास्कोटमै भूमि प्रशासन सेवा सुरु भएपछि स्थानीय नागरिकलाई सरकारी सेवा प्राप्त गर्न सहज हुने विश्वास गरिएको छ।
नापी कार्यालयका लागी नापी सर्वेक्षक राजेन्द्र न्यौपाने नापि अमिन सुरेस लुवार रहेका छन । मालपोतमा कार्यालयका लागी प्रमुख , धन बहादुर फडेरा , कम्युटर अपरेटर तपेन्द्र शाही लगाएत कर्मचारी र आबश्यक ब्यवस्थापन नगरले गरेको थियो । रास्कोट नगर प्रमुख धर्मराज शाही र ईलाका प्रशासन कार्यालय रास्कोटका प्रमुख नमराज बमले कार्यालयको उद्घाटन गरेका हुन
शुक्रवार सुर्खेतमा महिनावारी स्वास्थ्य तथा स्वच्छता सिकाइ सम्मेलन हुँदै
सुर्खेत /महिनावारीसम्बन्धी गलत धारणा र भ्रमको अन्त्य गर्दै छाउपडी प्रथा उन्मूलन गर्ने उद्देश्यले कर्णाली प्रदेशस्तरीय महिनावारी स्वास्थ्य तथा
शंकर मावि सेरिज्युलाले गर्यो वार्षिक सार्वजनिक सुनुवाइ, विज्ञान प्रयोगशाला र पुस्तकालय उद्घाटन
कालीकोट — सान्नीत्रिवेणी गाउँपालिका–१ रकु सेरिज्युलास्थित शंकर माध्यमिक विद्यालयले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक सार्वजनिक सुनुवाइ तथा
रास्कोटमै एक साताभित्र मालपोत तथा नापी सेवा सञ्चालन हुने
कालीकोटको रास्कोट नगरपालिकामा भूमि प्रशासनअन्तर्गत मालपोत तथा नापी सेवा सञ्चालनका लागि स्थलगत अनुगमन सम्पन्न भएको छ। अनुगमनका क्रममा अबको एक

प्रतिकृया दिनुहोस