शुक्रवार सुर्खेतमा महिनावारी स्वास्थ्य तथा स्वच्छता सिकाइ सम्मेलन हुँदै
सुर्खेत /महिनावारीसम्बन्धी गलत धारणा र भ्रमको अन्त्य गर्दै छाउपडी प्रथा उन्मूलन गर्ने उद्देश्यले कर्णाली प्रदेशस्तरीय महिनावारी स्वास्थ्य तथा स्वच्छता सिकाइ सम्मेलन आयोजना हुने भएको छ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग, रास्कोट नगरपालिकाको समन्वय तथा मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल, कालीकोटको आयोजनामा रास्कोट नगरपालिकामा सञ्चालित रास्कोट सुधार परियोजना अन्तर्गत सम्मेलन आयोजना गर्न लागिएको हो।
कर्णाली प्रदेशका १० वटै जिल्लाका किशोरीहरूको सहभागिता रहने सम्मेलन यही २०८३ साल असोज २३ गते शुक्रबार सुर्खेतको वीरेन्द्रनगरस्थित होटल शुभमा आयोजना हुने आयोजकले जनाएको छ। सम्मेलन बिहान ८ बजेदेखि सुरु हुनेछ।
हुरेन्डेक नेपालकी अध्यक्ष गौरीकुमारी शाहीले महिनावारीसम्बन्धी गलत भ्रम र अन्धविश्वासको अन्त्य गर्दै छाउपडी प्रथा उन्मूलनका लागि सम्मेलन आयोजना गर्न लागिएको बताइन्।
उनका अनुसार सम्मेलनमा महिनावारी स्वास्थ्य तथा स्वच्छता, छाउपडी प्रथा र यससँग जोडिएका सामाजिक समस्याका विषयमा छलफल तथा अनुभव आदानप्रदान गरिनेछ।
बिहिवार सुर्खेतमा पत्रकारहरूसंग कुरा गर्दै आयोजक संस्था हुरेन्डेक नेपालका दिलीप शाहीका अनुसार सम्मेलनमा छाउपडी प्रथाबारे निति निर्माण तहमा बसेका प्रदेश सरकारका मन्त्री , बिरेन्द्र नगर नगर पालिकाका प्रमुख मोहनमाया ढकाल र रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहि र सहभागि किसोरिहरू बिच प्यानल डिस्कसन समेत सञ्चालन गरिनेछ। प्यानल छलफलमार्फत छाउपडी प्रथाका समस्या पहिचान गर्दै यसको अन्त्यका लागि सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्य रहेको उनले बताए।
सम्मेलनको उद्घाटन कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री टेकराज पछाईले गर्ने आयोजकले जनाएको छ।
रास्कोटमै एक साताभित्र मालपोत तथा नापी सेवा सञ्चालन हुने
कालीकोटको रास्कोट नगरपालिकामा भूमि प्रशासनअन्तर्गत मालपोत तथा नापी सेवा सञ्चालनका लागि स्थलगत अनुगमन सम्पन्न भएको छ। अनुगमनका क्रममा अबको एक
भिडिसेफ नेपालको वार्षिक साधारणसभा तथा सार्वजनिक लेखापरीक्षण सम्पन्न
कालिकोट /भिडिसेफ नेपाल कालिकोटको वार्षिक साधारणसभा तथा सार्वजनिक लेखापरीक्षण कार्यक्रम जिल्ला सदरमुकामस्थित होटल चन्द्रसूर्यको सभाहलमा सम्पन्न
स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा रास्कोट प्रथम, पचालझरना दोस्रो र सान्नीत्रिवेणी तेस्रो
कालिकोट — स्वास्थ्य सेवा कार्यालय कालिकोटको आयोजनामा आर्थिक वर्ष २०८२/०८३ मा जिल्लामा सञ्चालीत कार्यक्रम र पालिकामा सन्चालित स्वास्थ्य

प्रतिकृया दिनुहोस