शंकर मावि सेरिज्युलाले गर्यो वार्षिक सार्वजनिक सुनुवाइ, विज्ञान प्रयोगशाला र पुस्तकालय उद्घाटन
कालीकोट — सान्नीत्रिवेणी गाउँपालिका–१ रकु सेरिज्युलास्थित शंकर माध्यमिक विद्यालयले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक सार्वजनिक सुनुवाइ तथा सामाजिक लेखापरीक्षण कार्यक्रम सम्पन्न गरेको छ।
विद्यालयको वार्षिक सार्वजनिक सुनुवाइका अवसरमा सान्नीत्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीले विद्यालयमा स्थापना गरिएको विज्ञान प्रयोगशाला र पुस्तकालयको उद्घाटनसमेत गरेका छन्।
विज्ञान प्रयोगशाला तथा पुस्तकालयको उद्घाटन गर्दै अध्यक्ष केसीले वर्तमान समयमा प्रविधिमूलक शिक्षा आवश्यक रहेको बताए। विद्यालयमा अब कम्प्युटर ल्याब स्थापना गरी विद्यार्थीलाई आधारभूत कम्प्युटर ज्ञान प्रदान गर्नुपर्नेमा उनले जोड दिए। त्यसका लागि गाउँपालिका सरकारबाट आवश्यक सहयोग गरिने अध्यक्ष केसीले बताए।
बडादसैँ तथा शुभदीपावलीको शुभकामना आदानप्रदान कार्यक्रमसमेत जोडिएको कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू राखिएका थिए। विद्यालयको समग्र प्रगति र गतिविधि हेर्दा आफू खुसी भएको अध्यक्ष केसीले बताए।
सान्नीत्रिवेणी गाउँपालिकाका आठवटा माध्यमिक विद्यालयमध्ये पञ्चदेवल माध्यमिक विद्यालयपछि शंकर माध्यमिक विद्यालय पुरानो तथा व्यवस्थित विद्यालयका रूपमा रहेको उल्लेख गर्दै अध्यक्ष केसीले विद्यालयको थप विकासका लागि गाउँपालिका सरकार तयार रहेको बताए।
पालिकाकै एकमात्र महिला प्रधानाध्यापकले नेतृत्व गरिरहेको विद्यालयको प्रशासनिक, शैक्षिक तथा भौतिक पूर्वाधार राम्रो भए पनि अपेक्षाअनुसारको शैक्षिक उपलब्धि हासिल गर्न अझै मेहनत आवश्यक रहेको अध्यक्ष केसीले बताए।
शिक्षक–अभिभावक संघका अध्यक्ष गोकर्णप्रसाद जैसीको अध्यक्षतामा सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिका अध्यक्ष केसी प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा नो लिमिट्सका अध्यक्ष मुस्कान शाही, अनिल दाहाल, भरत विक ‘आकाश’ लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, वडा सरकारका प्रतिनिधि, बुद्धिजीवी, स्वास्थ्यकर्मी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको बिद्यालयका सुचना अधिकारी खेमराज गिरीले बताए ।
कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक मिना कुमारी कार्कीले आर्थिक वर्ष २०८२/०८३ को सामाजिक लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको वार्षिक गतिविधि, उपलब्धि तथा आगामी योजनाबारे जानकारी गराएकी थिइन्।
कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक सुजनबहादुर विष्टले गरेका थिए।
विद्यालयकी प्रधानाध्यापक कार्कीले विज्ञान प्रयोगशाला स्थापनाका लागि सहयोग गर्ने सान्नीत्रिवेणी गाउँपालिका सरकार तथा पुस्तकालय स्थापनाका लागि सहयोग गर्ने नो लिमिट्स परिवारप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेकी छन्।
वर्षाको सम्भावना भन्दै शुक्रवार विद्यालय र सार्वजनिक कार्यक्रम बन्द गर्न कालिकोट प्रशासनको आग्रह
कालीकोट । मौसम पूर्वानुमान महाशाखाले २०८३ असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारी
स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा रास्कोट प्रथम, पचालझरना दोस्रो र सान्नीत्रिवेणी तेस्रो
कालिकोट — स्वास्थ्य सेवा कार्यालय कालिकोटको आयोजनामा आर्थिक वर्ष २०८२/०८३ मा जिल्लामा सञ्चालीत कार्यक्रम र पालिकामा सन्चालित स्वास्थ्य
देउवा पक्षिय नेपाली कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा काठमाडौंमा, असोज १५ मा वडा अधिवेशन, देशभर केन्द्रिय प्रतिनिधि तोकियो , कालिकोटमा दमन बहादुर शाही
सुर्खेत । नेपाली कांग्रेसको आधिकारिक्ता बिवाद नसकिदै दुबै पक्षले महाधिवेनका गतिबिधि सुरू गर्ने भएका छन । देउवा पक्षले १५औँ केन्द्रीय महाधिवेशन

प्रतिकृया दिनुहोस