सवारी दुर्घटनापछि कर्णालि नदीमा बेपत्ता रास्कोटकी सिर्जना खड्काको शव फेला
सुर्खेत — सुर्खेतको चौकुने गाउँपालिका–४ डङ्डगेस्थित कर्णाली नदीमा फेला परेको महिलाको शवको पहिचान खुलेको छ। उक्त शव कालिकोटको रास्कोट नगरपालिका–२ निवासी १८ वर्षीया सिर्जना खड्काको रहेको प्रहरीले पुष्टि गरेको छ।
प्रहरीका अनुसार असार २३ गते साँझ करिब ४ बजे कर्णाली नदीको छालमा घोप्टो अवस्थामा एक महिलाको शव फेला परेको थियो। शवको पहिचान हुन नसकेपछि परीक्षणका लागि प्रदेश अस्पताल, कालागाउँको शवगृहमा राखिएको थियो।
बुधबार साँझ करिब ६:३० बजे मृतकका बुवा धनबहादुर खड्काले शव सनाखत गरेपछि उक्त शव आफ्नी छोरी सिर्जना खड्काकै भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
सिर्जना केही दिनअघि कर्णाली राजमार्गको साङलेतडा क्षेत्रमा भएको सवारी दुर्घटनापछि कर्णाली नदीमा बेपत्ता भएकी थिइन्। दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासहित तीनवटै सुरक्षा निकायले निरन्तर खोजी अभियान सञ्चालन गरे पनि अजै सबै बेपत्ता यात्रु र हराएको गाडी समेत भेटिएका छैनन् ।
खोजी अभियानकै क्रममा कर्णाली नदीमा शव फेला परेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परिवारलाई बुझाउने तयारी गरिएको प्रहरीले जनाएको छ। सिर्जनाको शव फेला परेसँगै दुर्घटनापछि उनको अवस्थाबारे रहेको अन्योल अन्त्य भएको छ , गाडिका सवार तिन जना अजै बेपत्ता छन ।
कालिकोटमा वड्फुलुप्रति न्यूनतम सतर्कता पनि अपनाइएन
कालिकोट। देशका विभिन्न स्थान, विशेषगरी कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरसहित अन्य सहरमा कुखुरामा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) संक्रमण पुष्टि



प्रतिकृया दिनुहोस