पचालझरनाकी २४ वर्षीया जोसिला कठाएत अझै बेपत्ता, अनुसन्धान जारी
कालिकोट — पचालझरना गाउँपालिका–३, खार्दु निवासी २४ वर्षीया जोसिला कठाएत असार ५ गतेदेखि परिवारको सम्पर्कविहीन भएपछि उनको खोजी कार्य तीव्र पारिएको छ।
परिवारका अनुसार कक्षा १२ उत्तीर्ण जोसिला घरबाट निस्किएपछि हालसम्म सम्पर्कमा नआएकी हुन्। उनका बुबा रणकेसर कठाएत र आमा मोतिपुरा कठाएतले छोरीको खोजीका लागि निरन्तर प्रयास गरिरहेका छन्।
जोसिलाका दाइ धिरेन्द्र कठाएतले इलाका प्रहरी कार्यालय पचालझरनामा खोजिका लागी निवेदन दर्ता गरिसकेका छन्। उनले प्रेम सम्बन्धका कारण जोसिलाले आत्महत्या गरेको हुन सक्ने आशंका व्यक्त गरेका छन्। यद्यपि, यो परिवारको आशंका मात्र भएको र त्यसको आधिकारिक पुष्टि हुने प्रमाण प्रहरीले अनुसन्धानमा भेटाउन नसकेको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार घटनाको अनुसन्धान जारी रहेको छ। साथै, सम्भावित स्थानहरूमा खोजी कार्यलाई तीव्र पारिएको छ। विशेष गरी कर्णाली नदी आसपासका क्षेत्रहरूमा समेत व्यापक खोजी गरिएको प्रहरीले जनाएको छ। तर, समाचार तयार पार्दासम्म जोसिलाको अवस्था खुल्न सकेको छैन।
प्रहरीले जोसिलाको अवस्थावारे डिजिटल देखि स्थलगत अनुसन्धान र खोजि गरिरहेको भए पनि उनको घटनासंग मिल्ने कुनै पनि सूचना वा जानकारी प्राप्त गर्न नसकेको कालिकोट प्रहरी प्रमुख डिएसपी हिम बहादुर खत्रिले रेडियो प्रदेश आवाजलाई बताएका छन ।
बडीमालिका त्रिवेणी क्षेत्रमा बनेका संरचना सान्नीत्रिवेणीलाई औपचारिक रूपमा हस्तान्त्रण
कालीकोट, कर्णाली प्रदेश सरकारको लगानीमा कालिकोटको सान्नित्रिवेणी गाउपालिका स्थित बडीमालिका–त्रिवेणी पाटन क्षेत्रमा निर्माण गरिएका विभिन्न
फोर्स गाडी दुर्घटना स्थलमा भिरमा फेला परेका ब्यक्तिको पहिचाहन खुल्यो , कर्णालीमा खसेको गाडीको अवस्था अझै अज्ञात
दैलेख, असार १८ — सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दुर्घटना स्थलमा भिरमा अड्किएका भनिएका
सुर्खेतबाट रास्कोटका लागि छुटेको फोर्स गाडी कर्णालीमा खस्यो, उद्धार कार्य जारी, क्षतिको विवरण आउन बाँकी
कालिकोट/दैलेख, असार १८ — सुर्खेतबाट कालिकोटको रास्कोट तर्फ जाँदै गरेको देउती–बुलबुले यातायात प्रालिको क.प्र. ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी

प्रतिकृया दिनुहोस