छोरा र श्रीमतीमाथि बाबुको हत्या आरोप, कालीकोटमा अनुसन्धान जारी
कालीकोट — सान्नित्रिबेणी गाउँपालिका–४ घर भई हाल वडा नं. ९ मा बस्दै आएका ४८ वर्षीय सूर्यबहादुर शाही मृत अवस्थामा फेला परेको घटनामा प्रहरीले उनकै छोरा र श्रीमतीलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार शाही मिति २०८३ जेठ २७ गते साँझ करिब ८:३० बजे सान्नित्रिबेणी गाउँपालिका–९ स्थित सुपेचौरको गोरेटो बाटोमा मृत अवस्थामा फेला परेका थिए।
घटनाको अनुसन्धानका क्रममा मृतकका १८ वर्षीय छोरा रूपेश शाही र ४१ वर्षीया श्रीमती राजकला शाहीले टाउकोमा ढुंगाले प्रहार गरी हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा दुवै जनालाई पक्राउ गरी सम्मानित कालीकोट जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको कारण र अन्य विवरणबारे अनुसन्धान जारी रहेको बताएको छ।
पचालझरनाकी २४ वर्षीया जोसिला कठाएत अझै बेपत्ता, अनुसन्धान जारी
कालिकोट — पचालझरना गाउँपालिका–३, खार्दु निवासी २४ वर्षीया जोसिला कठाएत असार ५ गतेदेखि परिवारको सम्पर्कविहीन भएपछि उनको खोजी कार्य तीव्र पारिएको
कर्णालीमा बालविवाह अझै चुनौती रहेको टिप्पणी
बालविवाह विरुद्ध साझा अभियान सञ्जाल (CACMA) कर्णाली प्रदेशको आयोजनामा कालिकोटको मान्ममा सम्पन्न कार्यक्रममा कर्णाली प्रदेशमा बालविवाह अझै गम्भीर
कालिकोटमा रास्कोट र सान्नीत्रिवेणीले सार्वजनिक गरे आगामी आर्थिक वर्षका नीति र बजेट
कालिकोट /कालिकोट जिल्लाका अधिकांश स्थानीय तहहरूले आर्थिक वर्ष २०८३/८४ का लागि गाउँसभा तथा नगरसभा सम्पन्न गर्ने र निति , कार्यक्रम र बजेट सार्वजनिक

प्रतिकृया दिनुहोस