सुर्खेतमा नगर प्रहरीको गैरजिम्मेवारीपछि मेयरद्वारा क्षतिपूर्ति, दोषीमाथि कारबाहीको तयारी
सुर्खेत — बिरेन्द्र नगरपालिका मेयर मोहनमाया ढकाल ले नगर प्रहरीको गैरजिम्मेवार व्यवहारका कारण पीडित बनेकी काफल बेचिरहेकी मजदुर महिलालाई आर्थिक क्षतिपूर्ति प्रदान गर्दै घटनाप्रति दुःख व्यक्त गरेकी छन्। नगर प्रहरीले सडक किनारमा बिक्रीका लागि राखिएको काफल फ्याँकिदिएपछि घटना सार्वजनिक भएको थियो।
घटनापछि मेयर ढकालले पीडितलाई भेटेर गल्ती भएको भन्दै नगरपालिकाको तर्फबाट काफल बेचिरहेकी महिललाई क्षतिपूर्ति उपलब्ध गराएकी हुन्। उनले नगर प्रहरीलाई जनमैत्री र जिम्मेवार बन्न निर्देशन दिँदै यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता जनाइन्।
कार्यालय प्रमुख लक्ष्मी प्रसाद बास्कोटा ले पनि आधिकारिक सूचना जारी गर्दै घटनामा संलग्न नगर प्रहरीमाथि छानबिन गरी आवश्यक कारबाही गरिने बताएका छन्। नगरपालिकाले कर्मचारी र नगर प्रहरीलाई व्यवहारमा संयम अपनाउन तथा श्रम गरेर जीविका चलाइरहेका नागरिकको सम्मान गर्न निर्देशन दिएको जनाएको छ।
घटनापछि सामाजिक सञ्जालमा नगर प्रहरीको व्यवहारको आलोचना भइरहेको छ। स्थानीयले श्रमिक र साना व्यवसायीप्रति सम्मानजनक व्यवहार गर्नुपर्ने माग गरेका छन्। साथै, जनप्रतिनिधि र प्रशासनले गल्ती स्वीकार गर्दै तत्काल सुधारको कदम चालेको विषयलाई धेरैले सकारात्मक रूपमा लिएका छ
डोकोमा काफल बेच्न हिडेकी महिलालाइ फुटपात ब्यपार गरेको भन्दै नगर प्रहरीले काफल सडकमा पोखका थिय ।
सवारी दुर्घटनापछि कर्णालि नदीमा बेपत्ता रास्कोटकी सिर्जना खड्काको शव फेला
सुर्खेत — सुर्खेतको चौकुने गाउँपालिका–४ डङ्डगेस्थित कर्णाली नदीमा फेला परेको महिलाको शवको पहिचान खुलेको छ। उक्त शव कालिकोटको रास्कोट
कालिकोटमा वड्फुलुप्रति न्यूनतम सतर्कता पनि अपनाइएन
कालिकोट। देशका विभिन्न स्थान, विशेषगरी कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरसहित अन्य सहरमा कुखुरामा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) संक्रमण पुष्टि


प्रतिकृया दिनुहोस