• सोमबार ४-११-२०८३/Monday 07-27-2026

पलाता गाउँपालिकाको प्रशासनिक केन्द्रको रिट सर्बोच्च अदालतद्वारा खारेज, अव स्थायी केन्द्र रानिबिसौना

     पलाता गाउँपालिकाको अस्थायी मुकाम थिर्पुबाट २०८१ मंसिर १९ गते गाउँपालिका अध्यक्ष विष्णुबहादुर रोकाया (ईन्द्र) नेतृत्वको कार्यपालिकाले पालिका केन्द्र   रानीविसौनीमा सारे पछी सृजित बिवाद सर्बोच्च अदालतले टुंगो लगाएको छ ।
 पालिका केन्द्र अस्थायीरूपमा चलिरहेको थिर्पुवाट रानिबिसौना सारेको भन्दै   स्थानीय कर्णबहादुर बम लगाएत  पाँच जनाले  पलाँता गाउँपालिकाको केन्द्र निर्णयविना  रानी बिसौना सारेको भन्दै   सर्बोच्च अदालतमा  रिट दर्ता गरेका थिए। उनले दर्ता गरेको रिटको सुनुवाई गर्दै   सर्वोच्च अदालतले तत्काल पुरानो केन्द्र थिर्पुबाट सेवा प्रवाह गर्न भनी २०८१ माघ २ गते  अल्पकालीन आदेश गरेको थियो।   पलाँता गाउँपालिकाले आदेश नमानेको र  नयाँ ठाउँ रानी बिसौनाबाटनै पालिकाको कामकारबाही सुचारु गरिरहेको भन्दै पुन  अपहेलना  मुद्वा दाहेर गरेका थिय ।
       पालिकाले अहिले रानी बिसौनाबाट सेवा दिँदै आएको छ। रानी बिसौना कानुनी रूपले सबै व्यवस्था पूरा भएको ठर गर्दै सर्बोच्चले   केन्द्र सार्ने  निर्णय सदर गर्दै कर्ण बहादुर बम लगाएत पाचजनाले दाहेर गरेको रिटमा सुनुवाई गर्दै रिट खारेजीको निर्णय सुनाएको हो ।  केन्द्र कहाँ राख्ने भन्ने सहमति कार्यपालिकामै बहुमतवाट टुंगिएको दाबि गर्दै आएको पालिकाले अन्तत रानिबिसौनानै केन्द्र हुने सर्बोच्चको  फैसला प्रति पलाती जनता  उत्साहित भएको  बताईएको छ  
  गाउँपालिका कार्यालयमा प्रशासकीय अधिकृत लगाएत  अन्य कर्मचारी लाइ कामकार्वाही गर्न पनि कठिन भएको थियो ।स्थानीय तहको कामकारबाहीसमेत प्रभावित बनेको  थियो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि गाउँपालिकाको प्रशासनिक केन्द्र स्थान्तरण गरेकाले यथास्थानमा राख्न पत्र पठाएको थियो। यस्तै जिल्ला प्रशासन कार्यालय कालीकोटले पनि उत्प्रेषण आदेश कार्यान्वयन गर्न २०८१ माघ २१ गते गाउँपालिकामा पत्र पठाएको थियो। पलाँता गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर रोकायाले यो नै   फैसला नभएको भन्दै अस्थायीरूपमा पालिकाको कामकार्वाही भईरहेको बताउदै आएका थिय । उनले पालिकाकै नाममा जग्गा भएकाले रानी बिसौनाबाट सेवा प्रवाह गरिरहेको जिकिर बताउदै आएका थिय । अब पलाँता गाउँपालिकाको कार्यालय कहाँ हुन्छ भन्ने अन्योल हटेको छ ।

 

प्रतिकृया दिनुहोस

दुर्घटनास्थल पुगे रास्कोटका नगर प्रमुख, पहिचान खुलेका पाँचमध्ये चार जना अझै बेपत्ता

कालीकोट। सुर्खेतबाट कालीकोटको रास्कोटतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेख जिल्लाको पाल्तडा–साङ्गेतडा

फोर्स गाडी दुर्घटना स्थलमा भिरमा फेला परेका ब्यक्तिको पहिचाहन खुल्यो , कर्णालीमा खसेको गाडीको अवस्था अझै अज्ञात

दैलेख, असार १८ — सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दुर्घटना स्थलमा भिरमा अड्किएका भनिएका 

कालिकोट जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

         कालीकोट /   १५ बर्ष निरन्तर कालिकोटबाट निर्वाचन जितेर प्रतिनिधित्व गरेका महेन्द्र बहादुर शाहीको कालिकोटका पत्रकार राजनितिकदल र