• आइतबार ११-५-२०७५/Sunday 02-17-2019

ज्ञानोदय माध्यामिक बिधालयको १८ महिने बालि बिज्ञान शिक्षा अध्यायपनको उदघाटन

निस्ता कार्की रेडियो प्रदेश आवाज कालीकोट 

       कालिकोट जिल्लाको पचालझरना गाउपालिकाको राम्नाकोटमा रहेको ज्ञानोदय माध्यामिक बिधालयमा संन्चालनमा आयोको १८ महिने बालिबिज्ञान अध्यायपन कार्यको बिधिवद उद्घाटन गरियको छ । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एवंम वडा नं ४ का अध्यक्ष अनरूप रोकायाको अध्यक्ष्यतामा भयको कार्यक्रममा राष्टिय सभा सदस्य सांसद जीवन बुढाले बालिबिज्ञान शिक्षालयको उद्घघाटन गर्नु भयको हो । उद्धघाटन कार्यक्रममा बोल्दै सांसद बुढाले नेपालको शिक्षा प्रणालिलाई आगामि ५ वर्षमा प्राबिधिक मुलक शिक्षालयको बिकास गरि सक्ने योजना लियको बताउनु भयो । कार्यक्रममा सांसद बुढाले बालि बिज्ञान १८ महिनाबाट ३ बर्षेमा पुर्याउन आबश्यक शिक्षा जरूरि रहेको भन्दै यसका लागि समुदाय र सबै तहको सरकार तयार हुनु प्रने बताउनु भयो । कार्क्रममा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अनरूप रोकायाले बिद्यालयलाइ गुणस्तरिय शिक्षा प्रधान गर्ने माध्यमका रूपमा बिकास गर्नु जरूरि रहेको बताउनु भयो । कार्यक्रममा पचालझरना गापालिकाका उपाध्यक्ष तारा न्यौपाने लगायतको सहभागिता रहेको थियो । बिद्यालयमा बालिबिज्ञान पठनपाठन हुन सौभाग्य भयका न्यौपानेले बताउनु भयो ।

प्रतिकृया दिनुहोस

खाडाका अग्नी पीडितलाई राहात बितरण तथा स्वास्थ्य परिक्षण

 कर्ण कुमाल कालीकोट      कालीकोट जिल्ला पलाता गाउपालीका बडा न १ खाडाका अग्नी पीडितलाई राहात बितरण तथा स्वास्थ्य परिक्षण गरिएको  छ ।

प्रदेश सरकारको एक बर्ष पुरा भएको अबसरमा माननीय मुख्यमन्त्री द्धारा जारी मन्तब्य

कर्णाली प्रदेश सरकार वीरेन्द्रनगर, सुर्खेत                 प्रथम बर्ष (२०७४/११/३ देखि २०७५/११/२ सम्म) संक्षिप्त बार्षिक प्रगति

कर्णाली प्रदेश सरकारको समीक्षा ‘जग बन्यो, अब गति बढ्छ’ ।

सुर्खत  कर्णालीमा प्रदेश सरकारले आफ्नो एक वर्षको समीक्षा गरेको छ। सरकार गठन भएको एकवर्ष पुगेको अवसरमा प्रदेश सरकारले शुक्रबार वार्षिक प्रगति विवरण