• आइतबार ११-५-२०७५/Sunday 02-17-2019

घाइतेहरुको माग सरकारले सम्बोधन गर्छै मुख्यमन्त्री शाही भनाई

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश प्राप्तिको आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदहरुको स्मृतिमा प्रदेश राजधानी सुर्खेतको मुख्य चोकमा सहिद स्मारक निर्माण गर्ने बताएका छन् । सहिदहरुको बलिदानीले कर्णाली प्रदेश प्राप्त भएको बताउँदै मुख्यमन्त्री शाहीले सहिदहरुको सम्मान गर्नु प्रदेश सरकारको दायित्व भएको बताए ।

मंगलवार मुख्यमन्त्री कार्यालयमा प्रदेश प्राप्तिका लागि भएको आन्दोलनमा भएका घाईते अपाङ्गहरुको मागपत्र वुझ्दै मुख्यमन्त्री शाहीले घाईते तथा अपाङ्गहरुको लागि पनि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता गरे । 

‘यो प्रदेश प्राप्तीको मुख्य देन सहिद र तपाई घाईते योद्धाहरुको हो ।’ मुख्यमन्त्री शाहीले आन्दोलनका घाईतेहरुको घाउ अवलोकन गर्दै भने– ‘तपाईहरुका माग जायज छन, सरकार माग सम्बोधनका लागि गम्भीर छ ।’ २०७२ साउन २५ गतेको प्रदेश प्राप्तिको आन्दोलनमा घाईते भएका आफुहरुले अझै पनि उपचार तथा हवाई यातायातको खर्च नपाएको भन्दै मुख्यमन्त्री शाहीसँगग घाइतेहरुले गुनासो गरेका छन् ।उनीहरुले घाइते भईसकेपछि उपचारका लागि हवाईजवाज चार्टर समेत आफन्तहरुले गरेको र चार्टरको भाडा पनि अहिलेसम्म सरकारले भुक्तानी नगरेको भन्दै उक्त भाडा भुक्तानीको माग गरेका छन । 

घाइतेहरुले मुख्यमन्त्री शाहीसँग थप उपचारको व्यवस्था, आफु र परिवारको योग्यता वमोजिम जिविकोपार्जन तथा रोजगारी र छोराछोरीको निशुल्क शिक्षाको समेत माग गरेका छन् प्रदेश संरचना निर्माणका क्रममा तत्कालीन सरकारले भेरी, कर्णाली र राप्तीका २ जिल्ला र सुदुरपश्चिमका सेती र महाकाली सहित एउटै प्रदेश निर्माण गर्ने निर्णय गरेको थियो ।भेरी, कर्णाली र राप्तीका २ जिल्ला सहितको छुट्टै प्रदेशको माग गर्दै हरेक जिल्लामा आन्दोलन चर्किएको थियो ।सोही आन्दोलनका क्रममा सरकारले वल प्रयोग गर्दा सुर्खेतमा ४ जनाको ज्यान जानुको साथै धेरैको संख्यामा घाईते तथा अपाङ्ग हुनुपरेको थियो । ratopati.com

प्रतिकृया दिनुहोस

खाडाका अग्नी पीडितलाई राहात बितरण तथा स्वास्थ्य परिक्षण

 कर्ण कुमाल कालीकोट      कालीकोट जिल्ला पलाता गाउपालीका बडा न १ खाडाका अग्नी पीडितलाई राहात बितरण तथा स्वास्थ्य परिक्षण गरिएको  छ ।

प्रदेश सरकारको एक बर्ष पुरा भएको अबसरमा माननीय मुख्यमन्त्री द्धारा जारी मन्तब्य

कर्णाली प्रदेश सरकार वीरेन्द्रनगर, सुर्खेत                 प्रथम बर्ष (२०७४/११/३ देखि २०७५/११/२ सम्म) संक्षिप्त बार्षिक प्रगति

कर्णाली प्रदेश सरकारको समीक्षा ‘जग बन्यो, अब गति बढ्छ’ ।

सुर्खत  कर्णालीमा प्रदेश सरकारले आफ्नो एक वर्षको समीक्षा गरेको छ। सरकार गठन भएको एकवर्ष पुगेको अवसरमा प्रदेश सरकारले शुक्रबार वार्षिक प्रगति विवरण