• आइतबार ११-५-२०७५/Sunday 02-17-2019

गाउँपालीकाले भेडापाले गोठालो भत्ता दिने ।

रेडियो प्रदेश आवाज कालीकोट

       कालिकोट जिल्लाको पचालझरना गाउपालिकाले गोठालोलाई मासिक भत्ता दिने नितिगत रुपमा निर्णय गरेको छ । यसै साता सम्पन्न गाउँपालीकाको तेस्रो गाउ सभाको निर्णय सार्वजनिक गर्न आयोजित  सार्वजनीक सुनुवाइ कार्यक्रममा वोल्दै गाउपालिका अध्यक्ष खड्कराज सेजुवालले ६० सम्म भेडा तथा वार्खा पालन गर्ने कृषकलाई मासिक एक हजार र एक सय भन्दा माथि पाल्ने कृषकलाई मासिक दुई हजारका दरले भत्ता स्वरुप गोठालो खर्च  दिने  निति लिएको वताउनु भयो । पचाल झरना गाउँपालीकाको आर्थिक वर्ष २०७४ । ०७५को वार्सीक समिक्षा सहीत आव २०७५। ०७६ को पहीलो चौमासिकमा भए गरेका कामहरुको सार्वजनिक सुनुवाई समेत यसैसाताको बुधबार सम्पन्न भएको छ । बुधबार पचालझरनामा रेडियो प्रदेस आवाजले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा झण्डै ८ पेजको गाउँपालीकाको प्रगती प्रतिबेदन गाउँपालीकाका अध्यष खडगराज सेजुवालले सार्वजनिक गर्नु भयो भने प्रमुख प्रशासकीय अधिकृत छक्क बहादुर शाहीले आर्थिक प्रगती प्रतिबेदन सार्वजनिक गर्नु भयो । गाउँपालीकाका अध्यक्ष खडगराज सेजुवाल , उपाध्यष तारा न्यौपान,  प्रमुख प्रशासकीय अधिकृत छक्क बहादुर शाही, प्राबिधिक प्रमुख कुल प्रसाद न्यौपाने,  स्वास्थ्य साखा प्रमुख चन्देश्वर शाहा, पसु साखा प्रमुख कल बहादुर बम , वडा नं  १ अध्यक्ष रत्न लाल न्यौपाने, , २ का अध्यक्ष करबिरे कामी,  ३ का अध्यक्ष लोगजन कठाएत, ४ का अध्यक्ष अनरुप रोकाया, ७ का अध्यक्ष सर्पसिह बोहोरा, ८ का अध्यक्ष डम्बरे कामी, ९ का अध्यक्ष जोरे तिरुवा जवाफदेहि बतmा रहेको  कार्यक्रममा स्थानीयले गाउँपालीकाद्धारा संन्चालीत  आयोजना , औषधि खरिद, लगाएतका बिषयमा जिज्ञासा  राखेका थिए । सार्वजनिक सु्नुवाईको रेडियो प्रदेस आवाजका अध्यक्ष रत्न कार्कीले सहजिकरण गर्नु भएको थियो भने अधिबतmा बारयसोसीयसन कालीकोटका  अध्यक्ष दमनराज बलमे सार्वजनिक सुनुवाइका सवालमा उठेका बिषयबस्तु समेटेर तयार पारेको सुझाव पत्र प्रस्तुत गर्नु भएको थियो ।  
 

प्रतिकृया दिनुहोस

खाडाका अग्नी पीडितलाई राहात बितरण तथा स्वास्थ्य परिक्षण

 कर्ण कुमाल कालीकोट      कालीकोट जिल्ला पलाता गाउपालीका बडा न १ खाडाका अग्नी पीडितलाई राहात बितरण तथा स्वास्थ्य परिक्षण गरिएको  छ ।

नेकपाले मनायाे कालिकोटमा २४ औ जनयुद्ध दिवस

कर्ण कुमाल रेडियो प्रदेश आवाज कालीकोट              नेपाल कम्युष्टि पार्टि नेकपाले २४ औ जनयुद्ध दिवसको मनाईका हुनु नेकपाको कार्यलयमा २४ औ

प्रदेश सरकारद्धारा बिज्ञप्ती प्रकासित पार्किङ गरेर राखेको गाडिमा मार्करले चोरी शैलीमा नारा लेख्ननु लज्जास्पत

निस्ता कार्की  रेडियो प्रदेश आवाज कालिकोट         कर्णाली प्रदेसका मुख्यमन्त्री महेन्द्र बहादुर शाही चढ्ने गाडिमा आन्दोलनरत कांग्रेस समर्थक