• आइतबार ११-५-२०७५/Sunday 02-17-2019

आफ्ना नागरिकलाई टिनको छाना दिने पचालझरना गाउँपालीकाको निर्णय ।

रेडियो प्रदेश आवाज कालीकोट

         कालीकोट जिल्लाको पचालझरना गाउपालीकाको तेस्रो गाउसभाले गाउँपालीकालाई खरको छानामुतm गाउँपालीका घोषणा गर्ने योजना बनाएको छ । हाल  पचालझरना गाउँपालीकामा रहेका २३ सय घरधुरी मध्य झण्डै १६ सय घरधुरीका घरपरिवार खरको छानामा बास बस्दै आएका छन । सुख्खा खडेरीग्रस्त क्षेत्र बढि भएको र त्यहाँ आगलागी प्रमुख जोखिम रहेकाले त्यसबाट  धनजन जोगाउन स्थानीय स्वयम घरधनी र गाउँपालीकाको अनुदान साजेदारीमा आउदो वर्ष भित्रै सबै नागरीककोे  खरको छाना हटाएर गाउपालीका भित्रका नागरिकलाई  टिनको छाना दिएर खरको छानामुतm गाउँपालीका बनाउने निर्णय भएको गाउपालीकाका अध्यक्ष सेजुवालले जानकारि दिनु भयो । गाउँपालीकाले यसका लागी कार्यबिधि बनाएर तत्काल  प्रक्रीयाको थालनी गर्ने योजना रहेको छ । झण्डै ७० प्रतिशद घरहरु खरको छाना भएको हुनाले यही आर्थिक वर्षबाट पचालझरनाको  वडा नं ४ को लाफा बस्तिबाट स्थानीय नागरिकको खरको छाना हटाउने कार्यक्रम सुरु गर्ने गाउँपालीका अध्यक्ष खडगराज सेजुवालले जानकारि दिनु भयो । अध्यक्ष सेजुवालले ६० घरधुरी रहेको उतm बस्तिमा साजेदारीमा खरको छाना हटाउन रु ५ लाख बजेट बिनियोजन गरिएको समेत जानकारी दिनु भयो । अध्यक्ष सेजुवालले आउदो आर्थिक वर्षमा झण्डै एक करोड बजेट बिनियोजन गरेर स्थानीय नागरिकको घरको खर हटाएर टिन ब्यवस्थापन गर्ने  बताउनु भयो । त्यसका लागी प्रदेस सरकारका माननीय मुख्य मन्त्री सकारात्मक रहेको र केन्द्र सरकार तथा  दातृ निकायको खोजि गर्ने बताउनु भयो । भर्खरै कालीकोटको  छिमेकी गाउँपालीका पलाता वडा नं १ मा आगलागी हुदा करोडौ धनमालको क्षेति भएको भन्दै ७० प्रतिशद खरको छाना रहेको गाउँपालीकामा भोलिका दिनमा त्यस्तो भयानक खतरा निम्तिन नदीन खरको छाना हटाउन अनुदान दिन लागीएको गाउँपालीका   अध्यक्ष सेजुवालले बताउनु भयो । पहीलो चरणमा खरको छाना भएको घरहरुको तथ्यांक संकलन गरिने र त्यस पछि घरलाई लाग्ने टिनको प्राबिधिक रिपोट तयार गर्न लगाइ अनुदान दिने उद्देश्य रहेको अध्यक्ष सेजुवालले गाउँसभामा घोषणा गर्नु भयो ।  गाउँपालीकाले आफ्ना नागरिकहरुको घरको छाना फेर्ने कार्यक्रम नेपालकै नमुना रहेको गाउँपालीकाका प्रमुख प्रशासकीय  अधिकृत छक्क बहादुर शाहीले बताउनु भयो ।  यो कार्यक्रमको कार्यन्वयनका लागी सबैले सहयोग गर्नु पर्ने पचालझरना गाउँपालीका वडा नं  ४ लाफा बस्तिका स्थानीयले बताएका छन । गाउँपालीकाले पचालझरना गाउँपालीकाका गरिब नागरिकहरुको छाना फर्ने कार्यक्रम ल्याएकोमा खुसि ब्यतm गरेका छन ।  कार्यक्रम घोषणा गर्दै सेजुवालले यो देसकै नमुना कार्यक्रम रहेको दाबी गर्नु भयो । 
 

प्रतिकृया दिनुहोस

खाडाका अग्नी पीडितलाई राहात बितरण तथा स्वास्थ्य परिक्षण

 कर्ण कुमाल कालीकोट      कालीकोट जिल्ला पलाता गाउपालीका बडा न १ खाडाका अग्नी पीडितलाई राहात बितरण तथा स्वास्थ्य परिक्षण गरिएको  छ ।

नेकपाले मनायाे कालिकोटमा २४ औ जनयुद्ध दिवस

कर्ण कुमाल रेडियो प्रदेश आवाज कालीकोट              नेपाल कम्युष्टि पार्टि नेकपाले २४ औ जनयुद्ध दिवसको मनाईका हुनु नेकपाको कार्यलयमा २४ औ

प्रदेश सरकारद्धारा बिज्ञप्ती प्रकासित पार्किङ गरेर राखेको गाडिमा मार्करले चोरी शैलीमा नारा लेख्ननु लज्जास्पत

निस्ता कार्की  रेडियो प्रदेश आवाज कालिकोट         कर्णाली प्रदेसका मुख्यमन्त्री महेन्द्र बहादुर शाही चढ्ने गाडिमा आन्दोलनरत कांग्रेस समर्थक