• शनिबार १०-५-२०७५/Saturday 01-19-2019

कालीकोटमा जीवको ठक्करबाट एक स्कुले बालीका गम्भिर घाईते ।

निस्ता कार्की 
रेडियो प्रदेश आवाज कालीकोट

   जुम्लाबाट सुर्खेत जादै गरेको गो कर्णाली यातायात ब्यवसायी समितिको लु १ ज ३१८५ नंम्बरको जिवले ठक्कर दिदा कालीकोट खाडाचक्र नगरपालीका ३ निवासी देबिका पाण्डे गंम्भिर घाइते भएका छन । खाडाचक्र नगरपालीका १ स्थीत पन्चदेवल उच्च माबिमा कक्षा ११ मा अध्यनरत १८ वर्षीया छात्रा देबिका पाण्डे गंम्भिर घाइते भएकी हुन  ।  घरबाट बिद्यालय जानेक्रममा खाडाचक्र नगरपालीकाका पन्चदेवल स्कुल नजीक सडकमा तिब्रगतीमा रहेको जीबले ठक्कर दिदा गंम्भिर घाइते भएका पाण्डेको  जिल्ला अस्पतालमा उपचार हुन नसके पछि जुम्ला स्थीत स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा रेफर गरिएको छ । पाण्डेको टाउकोमा गंम्भिर चोट लागेको जिल्ला अस्पतालका डाक्टर बिज्ञान प्रजापतिले रेडियो प्रदेस आवाजलाई जानकारि दिनु भयो ।ठक्कर दिने जिव चालक भने फ्ररार रहेका छन । उनको खोजिकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरिक्षक देबिन्द्र मल्लले जानकारि दिनु भयो । जिव चालकको पहीचान नखुलेको जनाइएको छ । 

प्रतिकृया दिनुहोस

गाउँपालीकाले भेडापाले गोठालो भत्ता दिने ।

रेडियो प्रदेश आवाज कालीकोट        कालिकोट जिल्लाको पचालझरना गाउपालिकाले गोठालोलाई मासिक भत्ता दिने नितिगत रुपमा निर्णय गरेको छ । यसै साता

आफ्ना नागरिकलाई टिनको छाना दिने पचालझरना गाउँपालीकाको निर्णय ।

रेडियो प्रदेश आवाज कालीकोट          कालीकोट जिल्लाको पचालझरना गाउपालीकाको तेस्रो गाउसभाले गाउँपालीकालाई खरको छानामुतm गाउँपालीका घोषणा गर्ने

सपना भित्रका सपनाले जगाएका रहरहरु ।

रेडियो प्रदेश आवाज एफ एम कालीकोट         दिनहरु यस्ता थिए सम्झीदा अहिले पनि पट्यार लाग्दैन जतिबेला म स“ग सानो समाज परिबर्तनको सपनाका त्यान्द्रा