• शनिबार १०-५-२०७५/Saturday 01-19-2019

कालिकोटको पचालझरनामा मेलमिलाप केन्द्र गठन   ।

कर्ण कुमाल रेडियो प्रदेश आवाज कालीकोट

        कालिकोट जिल्ला पचालझरना गाउपालिकामा न्यायिक समितिले सबै वडाहरूमा सामुदायिक मेलमिलाप केन्द्र गठन गरेको छ ,स्थानिय सरकारको  कार्यक्षेत्र भित्र पर्ने न्यायिक सम्पादनको काम गर्न न्यायिक मेलमिलाप केन्द्र गठन गर्ने क्रममा आज वडा नं ४ मा गठन भयको छ । जारकोटमा वडा नं ४ का जनप्रतिनिध ,समाजसेबि राजनितिक दलका प्रतिनिधहरूको सहभागितामा आयोजित कार्यक्रममा समाज सेबि दिपराज बम संयोजक रहेको ५  सदस्यीय न्यायिक समिति गठन गरिएको छ । गाउपालिकाका अध्यक्ष खडकराज सेजुवाल, न्यायिक समितिका संयोजक एबं गाउपालिका उपाध्यक्ष तारा न्यौपाने, वडा नं २ का अध्यक्ष करबिरे बिक ,बडा न ४ का अधयक्ष एवम गाउपालिकाका प्रबक्ता अनरूप रोकाया, ईलाका प्रहरी कार्यलय जारकोटका प्रहरी सहायक निरिक्षक पुस्प कठायत लगायतको उपस्थितिमा भयको कार्यक्रममा बोल्दै गाउपालिका अध्यक्ष खडकराज सेजुवालले नागरिकहरुकोे समस्या समाधान गर्न मेलमिलाप सार्थक बन्ने बताउनु भयो । अध्यक्ष सेजुवालले आगामी दिनमा ,मेलमिलाप केन्द्र लाइ सवल र बलियो बनाउदै जाने बताउनु भयो । कार्यक्रममा बोल्ने न्यायिक समितिका संयोजक उपाध्यक्ष तारा न्यौपानेले सानातिना घरयासि झगडा मेलमिलाप संगै गाउपालिकाको न्यायिक समितिले आफ्नो बलियो साक्षि र अभिन्न अंग भयको बताउनु भयो । कार्यक्रममा कालिकोट शिक्षक महासंघका अध्यक्ष पंख बहादुर शाहिले  कुनै अदालतले दुबैको चित्त बुझाउन सक्दैन ,तर बादि प्रतिबादि दुबै को चित्त बुझाउन सक्ने न्यायिक क्षेत्र मेलमिलाप केन्द्र हो यो काम राम्रो भयको बताउनु भयो । कार्यक्रममा बोल्दै रेडियो प्रदेस आवाजका अध्यक्ष रत्न कार्किले न्यायिक समिति र मेलमिलाप केन्द्रले आधारभुत कानुनका कुराको साक्षत्कार गर्न जरूरि रहेको बताउनु भयो । कार्यक्रममा नव निर्वाचित मेलमिलाप केन्द्रका सदस्य ध्रब सेजुवाल संयोजक दिव बहादुर बम,महिला सदस्य मिमसरा बिकले न्यायको लागि सत्यको पक्षमा लाग्ने बताउनु भयो कार्यक्रममा वडाका स्थनिय सरोकारवाला सबैको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

गाउँपालीकाले भेडापाले गोठालो भत्ता दिने ।

रेडियो प्रदेश आवाज कालीकोट        कालिकोट जिल्लाको पचालझरना गाउपालिकाले गोठालोलाई मासिक भत्ता दिने नितिगत रुपमा निर्णय गरेको छ । यसै साता

आफ्ना नागरिकलाई टिनको छाना दिने पचालझरना गाउँपालीकाको निर्णय ।

रेडियो प्रदेश आवाज कालीकोट          कालीकोट जिल्लाको पचालझरना गाउपालीकाको तेस्रो गाउसभाले गाउँपालीकालाई खरको छानामुतm गाउँपालीका घोषणा गर्ने

निजि तथा आवासी बिधालय अर्गनाईजेसनको अध्यक्षमा धिताल सर्वसहमत चयन ।

कर्ण कुमाल          कालीकोट जिल्लामा निजि तथा आवासी बिधालय अर्गनाईजेसनको प्याप्सन कार्यसमितिको नया ७ सदस्य कार्यसमिति गठन गरिएको छ । निजि तथा