• शनिबार १०-५-२०७५/Saturday 01-19-2019

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हरेक नागरिकले कुनै न कुनै व्यावसायिक उत्पादनको थालनी गर्नुपर्ने बताएका छन् ।

कालिकोट 

    व्यावसायिक उत्पादन गरेको खण्डमा मात्रै मुलुक समृद्धितिर जाने र त्यसले कर्णालीको आयआर्जनमा वृद्धि भई विकास हुने उनले बताए ।‘सबैजना व्यावसायिक बन्न शुरू गर्नुस्,’ मुख्यमन्त्री शाहीले भने, ‘सरकार लगानी गर्न तयार छ ।’ रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको आयोजनामा बुधवार चौरजहारीमा सम्पन्न सर्वपक्षीय अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले अर्गानिक कृषिजन्य वस्तुको विश्व बजारमा ठूलो माग रहेको बताए ।‘अर्गानिक खाद्य पदार्थको विश्वमा उच्च माग छ,’ मुुख्यमन्त्री शाहीले भने, ‘अर्गानिक उत्पादन बढाई उत्पादनलाई विदेश निर्यात गर्न सकेको खण्डमा देशमा डलर पनि आउने र कर्णालीवासी आत्मनिर्भर पनि हुने छ ।’आर्थिक समृद्धिका लागि उत्पादनको योजना बनाउन आवश्यक रहेको उनले बताए । ‘आर्थिक समृद्धि हासिल गर्न हरेक स्थानीय तहले उत्पादनको योजना निर्माण गर्नुहोस्,’ मुख्यमन्त्री शाहीले भने, ‘उत्पादनमूलक व्यवसाय मुलुक समृद्धिको मेरुदण्ड हो ।’मुख्यमन्त्री शाहीले विकासको दायित्व राज्यको भएको बताउँदै सडक, पुल, सिँचाइ, खानेपानी लगायतका भौतिक पूर्वाधारको विकास राज्यले नै गर्ने बताए । ‘तपाईहरू सबैजना उत्पादनको योजना बनाएर कार्यान्वयनमा लाग्नुहोस्,’ उनले भने, ‘चाउचाउ बोकाएर ट्रक भित्र्याउने र रित्तै फर्काउने स्थितिले जनताको जीवनमा विपन्नता मात्रै आएको छ । ट्रकका ट्रक स्थानीय उत्पादनले भरेर बजारमा पठाउँ, समृद्धि आउँछ ।’

उत्पादनका विकास र बजारीकरणका लागि सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउँदै मुख्यमन्त्री शाहीले मागको आधारमा उत्पादनमा लाग्न आग्रह गरे ।

         मुख्यमन्त्री शाहीले चौरजहारीले कर्णाली प्रदेशको आर्थिक केन्द्रका रुपमा विकास गर्ने प्रदेश सरकारको योजना रहेको बताए । कृषि तथा जडीबुटीजन्य उद्योगको राम्रो सम्भावना रहेको भन्दै मुख्यमन्त्री शाहीले चौरजहारीलाई औद्योगिक शहरको रुपमा विकास गरिने उनले बताए ।सल्लीबजार चौरजहारी सडकको स्तरोन्नति र कालोपत्रेका लागि प्रदेश सरकारले ६ करोड बजेट विनियोजन गरिएको र कार्यप्रगतिको आधारमा बजेट थप गरिने प्रतिवद्धता व्यक्त गरे ।बुधवार बिहान चौरजहारीको लहरेसिमलमा रहेको लहरेसिमल दुग्ध उत्पादन फर्मको अवलोकन गरेका मुख्यमन्त्री शाहीले चौरजहारी नगरपालिका कृषि उत्पादनका लागि उपयुक्त रहेको बताए ।कार्यक्रममा बोल्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले चौरजहारी नगरपालिका भित्रका कृषियोग्य जमिनमा सिँचाइ प्रबन्ध गर्न आफू लागिपरेको बताइन् । ‘हामीले यस क्षेत्रमा सिँचाइ उपलब्ध गराउने र अर्गानिक उत्पादन बढाएर जनतालाई सम्पन्न बनाउने योजना बनाएका छौं ।’मन्त्री केसीले भनिन्, ‘सरकार त्यसका लागि लागिरहेको छ ।’ मन्त्री केसीले चौरजहारीको खाद्यान्न उत्पादनले सिङ्गै कर्णालीलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने बताउँदै व्यावसायिक कृषिको विकासका लागि मन्त्रालय आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरिन् ।कार्यक्रममा प्रदेशसभा सदस्य गोपाल शर्मा, जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्मा र चौरजहारी नगरपालिकाका मेयर विशाल शर्माले आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिकृया दिनुहोस

कालीकोटमा जीवको ठक्करबाट एक स्कुले बालीका गम्भिर घाईते ।

निस्ता कार्की  रेडियो प्रदेश आवाज कालीकोट    जुम्लाबाट सुर्खेत जादै गरेको गो कर्णाली यातायात ब्यवसायी समितिको लु १ ज ३१८५ नंम्बरको जिवले ठक्कर

नेपाल तरुण दलले ४३ औ मेलमिलाप  दिवसको अबसरमा बिरामी लाई फलफुल बितरण ।

निस्ता कार्की रेडियो प्रदेस आवाज कालीकोट                   नेपाली कांग्रेसको मार्गनिर्देशक सिद्धान्त समाजबादका प्रतिपादक जननेता

जिल्ला अस्पताल बिकास समितिमा अध्यक्षमा सराेज बाेगटी

रेडियाे  प्रदेश आवाज  एफ एम       कालीकोट जिल्ला अस्पताल प्रदेस सरकारको जिल्ला अस्पताल बने संगै सुक्रबारको प्रदेस सरकारको मन्त्रीपरिषद