• शनिबार १०-५-२०७५/Saturday 01-19-2019

‘पत्रकारितामा धतुरो छरेर बासमती चामलको सपना नदेखौं’

कालिकोट

         पत्रकारितामा धतुरो रोपेर बासमती चामलको सपना देख्न नहुने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् । पत्रकारिताले समाजलाई सही दिशा दिन सक्नुपर्नेमा जोड दिँदै उनले समाज रुपान्तरण र विकासको एउटा अंशका रूपमा पत्रकारिताले काम बताएका हुन् आन्तरिक मामिला मन्त्रालयको सहयोग तथा पत्रकार महासंघ कर्णाली प्रदेशको समन्वय तथा राससको आयोजनामा भएको प्रदेशस्तरीय पत्रकारिता तालिमको समापन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले भने, ‘पत्रकारितामा धतुरो छर्ने तर बासमती चामलको कल्पना गर्ने होइन, समाजलाई सभ्य र जीवन बनाउने प्रकारका समाचारहरूमा वा काममा लाग्नुपर्छ । उनले पार्टीगत रूपमा खोलिने मिडियाका कारण कतिपय अवस्थामा जनतामा भ्रम पर्ने र त्यसले समाजलाई उठाउनुको साटो झन् पछि पार्ने काम गरिरहेको बताए । मुख्यमन्त्री शाहीले कर्णालीमा पत्रकारका लागि बहुउपयोगी तालिम केन्द्र स्थापना गरिने प्रतिबद्धता पनि जनाए । ‘कर्णाली स्वर्ग हो र यहाँ नजाँदा जीवन अधुरो हुन्छ भन्ने कुरा बुझाउन र समृद्धिका लागि मिडियाले सकारात्मक रूपले उजागर गर्न आवश्यक रहेको छ’ मन्त्री शाहीको भने । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोग, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको समन्वय तथा राष्ट्रिय समाचार समिति ९रासस० कर्णाली प्रदेश कार्यालयको आयोजनामा सञ्चालित कर्णाली प्रदेशस्तरीय पत्रकारिता प्रशिक्षणको मंगलबार वीरेन्द्रनगरमा समापन समारोहमा मुख्यमन्त्री शाहीले अब कर्णालीमा राससको आफ्नै कार्यालय निर्माण हुने बताए ।

        कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले पत्रकारले मर्यादा र अनुशासनमा रही कर्तव्य पालना गर्नुपर्नेमा जोड दिएका छन् । वीरेन्द्रनगरमा भएको कर्णाली प्रदेशस्तरीय पत्रकारिता प्रशिक्षण कार्यक्रमको समापनमा बोल्दै उनले प्रदेशको भोकमरी, बोक्सी र छाउपडीजस्ता कुप्रथा विरुद्धको कलम चलाउन सञ्चारमाध्यमलाई आग्रह गरे । ‘पत्रकारले लोकतान्त्रिक सीमामा रही शक्तिमा बसेकालाई खबरदारी गर्नुपर्छ र आवाजविहीनका आवाजलाई उजागर गर्नुपर्छ,’ मन्त्री ज्वालाले भने । उनले दुर्गम क्षेत्रका लागि आफ्नै सरकारको हेलिकप्टर र हवाइजहाज व्यवस्था गर्ने योजनामा प्रदेश सरकार रहेको बताए । कर्णाली योजना आयोगका सदस्य डा। दीपेन्द्र रोकायले कर्णालीका पत्रकारले समाचारमा कर्णालीका मुख्य समस्या र विषयलाई नै पहिलो प्राथमिकतामा राख्नुपर्ने सुझाव दिए । राष्ट्रिय समाचार समितिका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले जिम्मेवार, स्वच्छ र तथ्यगत पत्रकारितामा कर्णाली प्रदेश सधैं अगाडि हुनुपर्ने बताए । कर्णालीका सबै जिल्लाका पत्रकारहरुको सहभागिता रहेको तालीममा समाचार संकलन र स्थानीय समाचारदाता, नियमित र खोजी रिपोर्टिङ, समाचार सम्पादन र भाषा, स्थानीयको आँखामा पत्रकारिता, आलेख लेखन र संसदीय रिपोर्टिङ, फोटो पत्रकारिता, प्रदेश सञ्चार नीति तथा सूचनाको हक एवं संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय र सञ्चारसम्बन्धी विषयमा प्रशिक्षण सञ्चालन भएको थियो ।पत्रकार महासंघ कर्णाली प्रदेश समितिको समन्वय, कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोग एवम् रासस कर्णाली प्रदेशको आयोजनामा भएको प्रशिक्षण प्रशिक्षणमा कर्णाली प्रदेशका हुम्ला, जुम्ला, डोल्पा, कालिकोट, मुगु, दैलेख, जाजरकोट, रुकुम पश्चिम, सुर्खेत र दैलेख जिल्लाका रासस, दैनिक पत्रिका, अनलाइन, रेडियो र टेलिभिजनमा कार्यरत पत्रकार गरी ४४ जना सहभागी थिए ।

प्रतिकृया दिनुहोस

सपना भित्रका सपनाले जगाएका रहरहरु ।

रेडियो प्रदेश आवाज एफ एम कालीकोट         दिनहरु यस्ता थिए सम्झीदा अहिले पनि पट्यार लाग्दैन जतिबेला म स“ग सानो समाज परिबर्तनको सपनाका त्यान्द्रा

कर्णालीका हरेक व्यक्तिको विवरण राख्ने तयारीमा प्रदेश सरकार ।

 कालीकाेट       कर्णाली प्रदेशका मुख्यमनत्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशका हरेक जनताको तथ्यांक संकलन गर्ने र प्रोफाइल निर्माण गर्ने

पलाता गाउँपालीकाको  वडा नं १ मा पर्ने न्यौपाने बस्तिमा आगलागी ८७ बढी घर जलेर नष्ट मुख्यमन्त्री शाहीको टोलि पालता आउदै 

कर्ण कुमाल           कालीकोट जिल्लाको पलाता गाउँपालीकाको वडा नं १ खाडा गाउँमा गए राति  देखि भएको आग लागी बाट ठुलो धनजनको क्षेति भएको छ । आगो