• शनिबार १०-५-२०७५/Saturday 01-19-2019

पलाता गाउँपालीकाको  वडा नं १ मा पर्ने न्यौपाने बस्तिमा आगलागी ८७ बढी घर जलेर नष्ट मुख्यमन्त्री शाहीको टोलि पालता आउदै 

कर्ण कुमाल  
        कालीकोट जिल्लाको पलाता गाउँपालीकाको वडा नं १ खाडा गाउँमा गए राति  देखि भएको आग लागी बाट ठुलो धनजनको क्षेति भएको छ । आगो  नियन्त्रणमा आउन अजै सकेको छैन । १३२ बढि घर रहेको न्यौपाने बस्तीमा आगलागी हुदा अहीले सम्म ८७ बढि घर जलीसकेको घटना स्थलबाट स्थानीय कुसराज प्याकुरेलले जानकारी दिनु भयो । पुरै घर खरको छाना भएको खाडाको न्यौपाने बस्तिमा आग लागी हुदा ठुलो धनजनको क्षेति भएको बुझिएको छ । मध्यराति  स्थानीय नबिन न्यौपानेको घरबाट सुरु भएको आगलागी  अजै नियन्त्रणमा आउन सकेको छैन । आगालगीबाट भएको क्षेतिको एकिन बिवरण आउन केही समय लाग्ने प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय थिर्पु र पचालझरना गाउँपालीकाको जारकोट इलाका प्रहरी चौकी बाट त्यहा प्रहरी खटाइएको छ । प्रहरीलाई त्यहाँ पुग्न  ४ घण्टाको समय लाग्ने भएकाले  राति तिन बजे नै त्यहाँ पहरी खटिएको भए पनि प्रहरी बिहान पुगेको स्थानीय कुसराज प्याकुरेलले जाकनारि दिनु भयो । क्षेतिको एकिन बिवरण आउन अजै केही समय लाग्ने घटना स्थलमा रहेको प्रहरीलाई उद्धीत गर्दै प्याकुरेलले जाकनारि दिनु भयो   । त्यहा गए राति देखि टेलिफोन  सम्पर्क पनि राम्रो नभएका कारण घटनाको सत्य तथ्य बुझन पनि निकै कठिन भएको छ । पलाता गाउँपालीकाका उपाध्यक्ष दाना न्यौपानको गाउँमा रहेका ८७ बढि सबै घर जलेको खबर  प्राप्त भएको छ । जिल्ला सदरमुकाम बाट ३२ कोषको दुरीमा  पर्ने उतm बस्तिमा सदरमुकामबाट शसस्त्र प्रहरी पनि खठाइएको छ । गएराति नै  पलाता गाउँपालीकाको निमार्ण कार्यदल त्यहाँ पुगेको छ । सुख्खा क्षेत्र भएको र फुसको छाना भएको बस्तिमा आगलागी हुदा आगो नियन्त्रण बिकल्प भन्दा बाहीर गएको  पलाता गाउँपालीकाका अध्यक्ष बलमे बताउनु भयो । रातिको समय भएको हुनाले त्यहाँ थुप्रै पसु चौपायाको क्षेति भएको हुन सक्ने अनुमान गरिएको छ ।  आगलागीबाट पुरै गाउनै बिस्थाीत भएको छ । 
सहयोगी हातहरुद्धारा राहतको घोषणा 
     घटनाको खबर पाउन बित्तिकै घटना प्रति दुख ब्यतm गर्ने र राहात घोषणाको सुरुवात भएको छ । घटनामा पिडितलाइ राष्कोट नगरपालीकाले रु एक लाख सहयोग गर्ने बताएको छ । रास्कोट नगरका प्रमसख कासिचन्द बरालले पलाताका अग्नि पिडितको घाउमा मलमपट्टी लगाउन एक पैसा नगरले राहात प्रदान गर्ने बताउदै घटनामा उद्धार र पिडितको बन्दोबस्तका लागी सहयोग गर्न आग्रह गर्नु भएको छ । आगलागीबाट घरबार बिहिन भएका पिडित प्रति दुख ब्यतm गर्दै घरबार श्रीसम्पति गुमाएकाहरु प्रति सबैले सहयोग गर्नु पर्ने बताउनु भयो । त्यस्तै पलाताको छिमेकी गाउँपालीका पचाल झरना गाउँपालीकाको तर्फबाट पनि आजै गाउँकार्यपालीकाको आपतकालिन बैठक बसाली आपतकालीन राहातको ब्यवस्था गर्ने  गाउँपालीकाका अध्यक्ष खडकराज सेजुवालले बताउनु भयो ।  राति स्थानीय नबिन न्यौपानको घरबाट सुरु भएको आगलागी अजै नियन्त्रणमा आउन सकेको छैन । आगलागी भए लगतै  अग्नि पिडित नागरिकलाई  राहत दिन सहयोगि हातहरु अगाडी सेरका छन । पलाता गाउँपालीकाका अध्यक्ष लक्ष्मण बमले आजै देखि पुन निमार्णको   काम अगाडी बढाउने बताउनु भयो । उहाँले सुर्खेतबाट आजै दुइ ट्रक जस्तापाता पठाइने र प्रदेस सरकारसंगको सहकार्यमा खाद्यय र आबश्यक लुगाफाटो लिएर हेलिकप्टर खाडा उतार्ने तयारी भइरहेको बताउनु भयो ।
मुख्यमन्त्री शाहीतको टोलि पालता आउदै 
    आगलागी घटानको स्थलगत निरिक्षण र आबश्यक राहातका लागी कर्णाली प्रदेस सरकाकरा मुख्यमन्त्री महेन्द्र बहादुर शाही,  आन्तरिक ममिला ताथ कानुन मन्त्री नरेस भन्डारी सहीदको टोलि उद्धार सामाग्री सहीद  पलाता आउने तयारी भइरहेको छ ।  काठमाण्ठौमा रहनु भएका मुख्यमन्त्री  आफ्नै गहृक्षेत्रमा घटना घटेपछि आजै बिहान सुर्र्खेेत आएर पलाता पुग्ने कार्यक्रम रहेको छ ।  प्रदेस सरकारले अंग्नि पिडितलाई आबश्यक राहात  प्रदान गर्ने जनाइएको छ । 
ठुलो मात्रामा धनजन र पसु चौपाया मरे 
रातिको समयमा आगलागी भए पछि  स्थानीयमा भागदौड मचिएको थियो ।   क्षेतिको हकमा मानबीय क्षेत नभए पनि तिन जनाालई सामान्य चोट लागेको छ । आगलागीबाट धनजन र पसु चौपायामा भने ठुलो क्षेति भएको घटना स्थल पुगेको प्रहरीले जनाएको छ । 


 

प्रतिकृया दिनुहोस

ओली सरकार लाई प्रकाण्डले दाङ अदालत बाटै भने ईतिहासमा चर्को मुल्य चुकाउनु पर्ने छ

नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले आफूलाई राजनीतिक पूर्वाग्रहका आधारमा फसाउन खोजिएको बताएका छन् । जिल्ला अदालत दाङबाट तीन दिन

मन्त्रीभन्दा कर्मचारीका नेता कडा १ निजामती ऐन ‘मरेको ऊँट’ रु

निजामती दिवसको अवसरमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा दुईथरि विचारको टकराव देखियो

बिमस्टेक राष्ट्रका प्रमुखबीच होटल सोल्टीमा रिट्रिट शुरु

     काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास ९बिमस्टेक० का राष्ट्राध्यक्ष तथा सरकार प्रमुखबीचको