• आइतबार ११-५-२०७५/Sunday 02-17-2019

निर्मला हत्या काण्डमा पक्राउ परेका प्रदीप रावलद्वारा निर्मालाको हत्या गरेको स्वीकार ।

काठमडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका छिमेकी प्रदीप रावलले हत्यामा संलग्न रहेको साविती बयान दिएका छन्। केही दिनअघि राजधानीबाट पक्राउ परेका रावलले केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० सँग हत्या स्वीकार गरेका हुन्। गएराति नेपाल प्रहरीका महानिरीक्षक ९आईजीपी० सर्वेन्द्र खनालको उपस्थितिमा भएको बयानमा रावलले घटना स्वीकार गरेको सीआईबी स्रोतले बताएको छ। सीआईबीले रावलसँग गएराति १० बजेदेखि बिहान २ बजेसम्म बयान लिएको थियो। सोही क्रम मा रावलले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका हुन्। घटना स्वीकार गरेपछि प्रहरीले रावलको डीएनए परीक्षणका लागि प्रहरी प्रयोगशालामा पठाएको छ। यसको रिपोर्ट भने शुक्रबार मात्र आउने छ।

    निर्मलाको न्यायका लागि देशभर प्रदर्शन चर्किएपछि आईजीपी खनाल स्वयंको उपस्थितिमा आरोपितको बयान लिनेक्रम सुरु भएको हो। रावलसँगको बयानपछि कञ्चनपुरबाट थप केही व्यक्तिलाई पक्राउ गरिएको छ। उनीहरुलाई अनुसन्धानका लागि काठमाडौं ल्याइ एको छ। निर्मलाका छिमेकी रावलका बुबाआमा भारतमा बस्दै आएका छन्। निर्मलाको शव भेटिएको दिनदेखि बेपत्ता भएका रावल चार महिनासम्म भारतमै बसेको र केही दिनअघि मात्र काठमाडौं आएको सूचना पाएपछि प्रहरीले पक्राउ गरेको थियो। रावललाई महाराजगञ्ज वृत्तमा राखेर अनुसन्धान भइरहेको स्रोतको दाबी छ । गएरातिको साविति बयानमा आईजीपी खनालका साथमा सिआईबी प्रमुख डीआईजी निरजबहादुर शाहीलगायत सहभागी थिए। सीआईबी स्रोतले रावलमाथिको थप अनुसन्धान डीएनए रिपोर्ट आएपछि हुने जानकारी दिएको छ। श्रोत अन्नपूर्ण पोस्ट

प्रतिकृया दिनुहोस

खाडाका अग्नी पीडितलाई राहात बितरण तथा स्वास्थ्य परिक्षण

 कर्ण कुमाल कालीकोट      कालीकोट जिल्ला पलाता गाउपालीका बडा न १ खाडाका अग्नी पीडितलाई राहात बितरण तथा स्वास्थ्य परिक्षण गरिएको  छ ।

प्रदेश सरकारको एक बर्ष पुरा भएको अबसरमा माननीय मुख्यमन्त्री द्धारा जारी मन्तब्य

कर्णाली प्रदेश सरकार वीरेन्द्रनगर, सुर्खेत                 प्रथम बर्ष (२०७४/११/३ देखि २०७५/११/२ सम्म) संक्षिप्त बार्षिक प्रगति

कर्णाली प्रदेश सरकारको समीक्षा ‘जग बन्यो, अब गति बढ्छ’ ।

सुर्खत  कर्णालीमा प्रदेश सरकारले आफ्नो एक वर्षको समीक्षा गरेको छ। सरकार गठन भएको एकवर्ष पुगेको अवसरमा प्रदेश सरकारले शुक्रबार वार्षिक प्रगति विवरण