• शनिबार ८-२९-२०७५/Saturday 12-15-2018

कर्णाली संसदीय दलको विवाद टुंगियो, मुख्यमन्त्री शाही दलको नेता चयन   ।

       लामो समयको छलफल र बहसपछि नेकपाले कर्णाली प्रदेश संसदीय दलको नेता चयन गरेको छ । १२ मंसिरमा बसेको पार्टी सचिवालय बैठकले वर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संसदीय दलको नेता चयन गरेको हो । सचिवालय बैठकले मुख्यमन्त्रीलाई नै संसदीय दलको नेता बनाउने नजिर स्थापित गर्दै शाहीलाई दलको नेता चयन गरेको हो ।एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुँदा २ संसदीय दल, २ नेता थिए । दुई संसदीय दललाई एउटा बनाउन कुनै समस्या भएन तर दुई संसदीय दलका नेता एक बनाउन निकै सकस परयो । दुई नेताको सशक्त दावीका कारण कर्णाली प्रदेशमा नेकपाले संसदीय दलको नेता चयन गर्न सकेको थिएन । पूर्व एमालेका तर्फबाट यमलाल कँडेलले संसदीय दलको नेतामा दावी गरिरहेका थिए भने, पूर्वमाओवादीका तर्फबाट शाहीले दावी गरिरहेका थिए ।

      दुई पार्टीको भागबन्डामा कर्णाली पूर्वमाओवादीको भागमा परेको थियो । पूर्वमाओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाही मुख्यमन्त्री बनेका थिए । तर पूर्वएमाले संसदीय दलका नेता यमलाल कँडेलले भने आधा आधा समय बाँड्नु पर्ने सर्त राखेपछि संसदीय दलको नेता चयन हुन सकेको थिएन ।५ वटा प्रदेशमा मुख्यमन्त्री नै संसदीय दलको नेता चयन भइसकेका छन् । तर कर्णाली प्रदेशमा मुख्यमन्त्रीलाई संसदीय दलको नेता बन्न निकै कसरत गर्नु परयो । अन्तः सचिवालय बैठकले दुई नेताको विवादलाई अन्त्य गर्दै शाहीलाई नेता चयन गरेको छ । अर्का नेता कँडेललाई पार्टीको कर्णाली प्रदेश सहसंयोजकको जिम्मेवारी दिएको छ ।सचिवालय बैठकले दलको नेता टुंगो लगाएपछि संसदीय दलको बैठक बोलाइएको छ । २२ मंसिरका संसदीय दलको बैठक बोलाइएको सांसदहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस

नुवाकोटको दुप्चेश्वरमा गाडी दुर्घटना, १८ जनाको मृत्यु ।

नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा मिनिट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ जना पुगेको छ ।शुक्रबार दिउँसो शिखरबेशीबाट घ्याङफेदीतर्फ जाँदै

नरहरीनाथ गाउँपालिकामा प्रारम्भिक बालविकास सम्बन्धि नीति तथा रणनीति योजना सार्वजनिकिकरण ।

कर्ण कुमाल            प्रारम्भिक बालविकास सम्बन्धि नीति तथा रणनीति योजना सार्वजनिकिकरण कार्यक्रम जिल्लाको नरहरीनाथ गाउँपालिकामा  शूक्रबार

शान्ति उच्च मावि रातिमाटा विद्यालयमा जातिय विभेद न्युनिकरण सम्बन्धि  देउडा प्रतियोगिता कार्यक्रम ।

कर्ण कुमाल         नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जिल्ला साखा कालिकोट द्धारा संचालित नेपालमा जातिय भेदभाव विरुद्ध साझा आवाज र कार्यका