• आइतबार ११-५-२०७५/Sunday 02-17-2019

कर्णाली संसदीय दलको विवाद टुंगियो, मुख्यमन्त्री शाही दलको नेता चयन   ।

       लामो समयको छलफल र बहसपछि नेकपाले कर्णाली प्रदेश संसदीय दलको नेता चयन गरेको छ । १२ मंसिरमा बसेको पार्टी सचिवालय बैठकले वर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संसदीय दलको नेता चयन गरेको हो । सचिवालय बैठकले मुख्यमन्त्रीलाई नै संसदीय दलको नेता बनाउने नजिर स्थापित गर्दै शाहीलाई दलको नेता चयन गरेको हो ।एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुँदा २ संसदीय दल, २ नेता थिए । दुई संसदीय दललाई एउटा बनाउन कुनै समस्या भएन तर दुई संसदीय दलका नेता एक बनाउन निकै सकस परयो । दुई नेताको सशक्त दावीका कारण कर्णाली प्रदेशमा नेकपाले संसदीय दलको नेता चयन गर्न सकेको थिएन । पूर्व एमालेका तर्फबाट यमलाल कँडेलले संसदीय दलको नेतामा दावी गरिरहेका थिए भने, पूर्वमाओवादीका तर्फबाट शाहीले दावी गरिरहेका थिए ।

      दुई पार्टीको भागबन्डामा कर्णाली पूर्वमाओवादीको भागमा परेको थियो । पूर्वमाओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाही मुख्यमन्त्री बनेका थिए । तर पूर्वएमाले संसदीय दलका नेता यमलाल कँडेलले भने आधा आधा समय बाँड्नु पर्ने सर्त राखेपछि संसदीय दलको नेता चयन हुन सकेको थिएन ।५ वटा प्रदेशमा मुख्यमन्त्री नै संसदीय दलको नेता चयन भइसकेका छन् । तर कर्णाली प्रदेशमा मुख्यमन्त्रीलाई संसदीय दलको नेता बन्न निकै कसरत गर्नु परयो । अन्तः सचिवालय बैठकले दुई नेताको विवादलाई अन्त्य गर्दै शाहीलाई नेता चयन गरेको छ । अर्का नेता कँडेललाई पार्टीको कर्णाली प्रदेश सहसंयोजकको जिम्मेवारी दिएको छ ।सचिवालय बैठकले दलको नेता टुंगो लगाएपछि संसदीय दलको बैठक बोलाइएको छ । २२ मंसिरका संसदीय दलको बैठक बोलाइएको सांसदहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमचुली कृषि सहकारी संस्था काे अर्ध वार्षिक समिक्षा तथा केन्द्र प्रमुख गोष्टी पिली सम्पन्न।

कर्ण कुमाल          कालीको जिल्ला खाडाचक्र नगरपालीका बडा न ७ मा  हिमचुली कृषि सहकारी संस्था लिमिटेड सेवा कार्यालय पिलीको आयोजनामा अर्ध वार्षिक

कम्युनिष्ट पार्टीको एकता सन्देश कार्यक्रम गाउँगाउँमा  ।

कर्ण कुमाल रेडियो प्रदेस आवाज कालीकाेट             कालीकोट जिल्लाको अगुवा कार्यकर्ता  भेला पछि गाउँगाउँमा अगुवा कार्यकर्ता भेला तथा

  धनजीत शाही भन्छन जनआधार र संगठनको भावना बिपरित एकता हुदैन । 

कर्ण कुमाल रेडियो प्रदेस आवाज कालीकाेट              नेकपा कर्णाली प्रदेसका सदस्य एबं साबिकको पुर्व नेकपा माओबादी केन्द्रका नेता  धनजीत