• आइतबार ११-५-२०७५/Sunday 02-17-2019

चालु आव भित्रै पञ्चवर्षीय योजना तयार गर्ने कर्णाली योजना आयोगको निर्णय ।

कालीकाेट

         कर्णाली प्रदेश योजना आयोगले प्रदेशको पञ्चवर्षीय योजना चालु आर्थिक वर्ष ०६५र६६ मै निर्माण गरि सक्ने निर्णय गरेको छ ।मुख्यमन्त्री तथा आयोगका अध्यक्ष महेन्द्रबहादुर शाहीको अध्यक्षतामा आइतबार मन्त्रिपरिषदको कार्यालयमा सम्पन्न पहिलो बैठकले दीर्घकालीन विकास मार्गदर्शनको रुपमा प्रथम पञ्चवर्षीय योजनाको आधारपत्र चालु आव भित्रै तयार गर्ने निर्णय गरेको हो ।बैठकले आर्थिक वर्ष ०७६र७७ को वार्षिक नीति तथा कार्यक्रम एवं वजेट तथा योजना तयार गर्न सघाउ पुग्ने गरी वार्षिक योजना तयार गर्ने निर्णय पनि गरेको सदस्य सचिव तथा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।निरौलाका अनुसार चालू आवको वजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन अनुगमण मूल्याँकन निर्दे्शिका तयार गरी प्रभावकारी अनुगमनको व्यवस्था मिलाउने पनि आइतबारको बैठकले निर्णय गरेको छ ।बैठकले परियोजना वैंक तयार गर्ने, कर्णाली प्रदेशको दीर्घकालीन गुरुयोजना तयार गर्ने, कर्णाली प्रदेशको वास्तविक अवस्था पहिचानसहितको तथ्यांक,  सूचकांक  र प्रारुप तयार गर्ने लगायतका निर्णय गरेको उनले जानकारी दिए ।आयोगको कामलाई प्रभावकारी बनाउन आवश्यक कार्ययोजना र कार्यतालिका तयार गरी आगामी बैठकमा पेश गर्ने निर्णय पनि बैठकले गरेको छ ।बैठकमा योजना आयोगका पदाधिकारी तथा प्रदेश सरकारका मन्त्रीहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

खाडाका अग्नी पीडितलाई राहात बितरण तथा स्वास्थ्य परिक्षण

 कर्ण कुमाल कालीकोट      कालीकोट जिल्ला पलाता गाउपालीका बडा न १ खाडाका अग्नी पीडितलाई राहात बितरण तथा स्वास्थ्य परिक्षण गरिएको  छ ।

प्रदेश सरकारको एक बर्ष पुरा भएको अबसरमा माननीय मुख्यमन्त्री द्धारा जारी मन्तब्य

कर्णाली प्रदेश सरकार वीरेन्द्रनगर, सुर्खेत                 प्रथम बर्ष (२०७४/११/३ देखि २०७५/११/२ सम्म) संक्षिप्त बार्षिक प्रगति

कर्णाली प्रदेश सरकारको समीक्षा ‘जग बन्यो, अब गति बढ्छ’ ।

सुर्खत  कर्णालीमा प्रदेश सरकारले आफ्नो एक वर्षको समीक्षा गरेको छ। सरकार गठन भएको एकवर्ष पुगेको अवसरमा प्रदेश सरकारले शुक्रबार वार्षिक प्रगति विवरण