• शनिबार ८-२९-२०७५/Saturday 12-15-2018

सुर्खेत अस्पतालमा जन्मिए शरीर जोडिएका जुम्ल्याहा शिशु ।

कालीकाेट 

        सुर्खेत अस्पतालमा जन्मिए शरीर जोडिएका जुम्ल्याहा शिशु... प्रदेश अस्पताल सुर्खेतमा शरीर जोडिएको जुम्ल्याहा शिशुको जन्म भएको छ । पेट देखि छातीसम्म जोडिएको दुई शिशुको कलेजो र मुटु भने एउटै छ । कालिकोट रास्कोट नगरपालिकाकी २८ बर्षीया ललिता बुढाको गर्भबाट चिकित्सकहरुले शल्यक्रियामा करीब डेढ घण्टा खर्चिएर शरीर जोडिएको अवस्थामा दुई शिशु (छोरी) निकालेका हुन् । चिकित्सकीय भाषामा कन्जोइन टुइन्स भनिने यस्तो केश अत्यन्त कम (करीब २ लाख जन्ममा) हुने बताइएको छ । प्रदेश अस्पताल सुर्खेतका डा. रविन खड्काका अनुसार शरीर जोडिएका दुई शिशुको तौल करीब ५ केजी छ । ‘हेर्दा दुबै स्वस्थ देखिन्छन् । दुबै रुने कराउने गर्छन, दुबैलाई स्तनपान शुरु भइसकेको छ । ती शिशुको आज पुन भिडियो एक्सरे गरी स्वास्थ्य अवस्था बुझ्ने तयारी भइरहेको छ । त्यसपछि आवश्यक निर्णय गरिन्छ,’ डा. खड्काले भने । सुत्केरी हुने दिन नजिक हुँदै जाँदा केही दिन बुढा दम्पत्ती गर्भजाँचका लागि जिल्ला अस्पताल कालिकोट पुगेका थिए । त्यहाँ एमडीजीपी डा. विज्ञान प्रजापतिले भिडियो एक्सरे गर्दा अश्वभाविक केश देखेपछि सुर्खेत अस्पतालका लागि रिफर गरेका थिए । ‘गर्भवती महिलाका बारेमा कालिकोटका डा. विज्ञानले चार दिन अघि नै हामीलाई जानकारी गराएका थिए । तर उहाँहरु ( सुत्केरीका लागि आएकी महिला ) हिजो मात्रै आउनु भयो । विहान ९ बजे तिरै मैले भिडियो एक्सरे गरे । पेट देखि छातीसम्म जोडिएको भेटियो । कलेजो र मुटु पनि एउटै देखियो,’ डा. खडकाले भने । केश अश्वभाविक भएपनि सुत्केरी बेथाले आत्तिइसकेकी ललितालाई बाहिर पठाउन भन्दा त्यहि शल्यक्रिया गर्न उपयुक्त हुने ठानेर आफूहरुले त्यो केश ह्याण्डल गरेको डा. खड्काले बताए । कतिपयले यस्तो थाह पाएपछि काठमाडौँ रिफर गर्नुपथ्र्यो समेत भनेका छन् । तर उनलाई व्यथा शुरु भइसकेको थियो । ‘हामीसंग यहाँ शल्यक्रियाका लागि दक्ष जनशक्ति र स्रोत साधन समेत थियो । त्यसैले यहि नै शल्यक्रिया गर्ने निर्णृयमा पुग्यौँ ।’ शल्यक्रियाको नेतृत्व गाइनो सर्जन डा. राजिब साहको नेतृत्वमा भएको थियो । उनलाई डा. महेश पौडेल (जीपी रेजिडेन्ट)ले सघाएका थिए । एनेस्थेसियामा डा. रोविन खापुङ लागेका थिए । त्यस्तै नर्सहरु ज्ञानु, रञ्जना समेतको सक्रिय खटाइथियो । त्यस्तै प्याडियाटिक डा. नवनीत रौनियार, डा. नामो शाक्य, नर्सहरु विनिता बस्याल, कल्पना थापा, सुस्मिता विसि, हेना गुरुङ लगायतका नर्सहरु शल्यक्रिया पछिको उपचार तथा स्याहारमा खटिएका छन् ।नेपालमा यसअघि टाउको जोडिएका शिशुहरुको जन्म भएको थियो । तर मुटु कलेजो एउटै हुने गरी शरीर जोडिएको शिशुको जन्म भएको भने सुनिएको थिएन । ‘सम्भवत यो पहिलो शिशु हो कि ?’ डा. खड्काले भने ।- Nepalihealth

प्रतिकृया दिनुहोस

      जिल्ला अस्पताल कालिकोटको एम्बुलेन्स दुर्घटना

कर्ण कुमाल       जिल्ला अस्पताल कालिकोटको एम्बुलेन्स आज बिहान ६ बजे दैलेख जिल्लाको गुरास गाउँपालीका ४ लाठेमा दुर्घटना भएको छ । सुर्खेत बिरामी

मुटु कलेजो जोडिएका जुम्ल्याहाको मृत्यु ।।

सुर्खेत          शरीर जोडिएका जुम्ल्याहा छोरीहरुको आइतबार मृत्यु भएको छ । प्रदेश अस्पताल सुर्खेतमा यही मंसिर २ गते राष्कोट नगरपालिका–५, की

जिल्ला अस्पतालको साइनबोर्ड फेरियो अस्पताल  कर्णाली प्रदेस सरकारको मातहतमा रहने ।

रतन बहादुर कार्की          देशमा संघिय ब्यवस्था आए पनि सम्बन्धित सरोकारवालले ध्यान नदिदा नागरिकलाई संघिय ब्यवस्थाको आभाव हु्न नसेको