• शनिबार ८-२९-२०७५/Saturday 12-15-2018

पत्रकार सम्मेलनमा नगरद्धारा सार्वजनिक गरिएको प्रगती बिवरण ।

कालीकाेट 

       कालीकोट जिल्लाको राष्कोट नगरपालीकाले पत्रकार सम्मेलन गरि आफ्नो प्रगती प्रतिबेदन सार्वजनिक गरेको छ । नगरद्धारा आयोजित पत्रकार सम्मेलनमा नगरले  आर्थिक वर्ष ०७४।०७५ मा गरिएका कार्य सम्पन्न भएका कामहरु र चालु आवमा संन्चालीत कामहरुको बिवरण सार्वजनिक गरेको हो । तिन पेज लामो प्रगति बिवरण पत्रकारहरुको हातमा थमाउदै नगर प्रमुख कासिचन्द बरालले पत्रकारहरुलाई नगरको इमान्दारिता प्रति आच आउने खालका समाचार प्रकासन प्रसारण नगर्न आग्रह गर्दै प्रगति हेरेर ब्यालेन्सीप समाचार प्रसारण गर्न आग्रह गर्नुृ भयो । राष्कोट नगर प्रमुख बरालले पत्रकार सम्मेलनमा कुरा गर्दै नगरसंग केही पत्रकारहरुले पुर्वाग्रही भएर समाचार छापेको प्रति नगरको ध्यान केन्द्रित भएको बताउनु भयो । राष्कोट नगरका उपप्रमुख मिमसरा बम, कार्यकारी कृष्ण प्रसाद अधिकारी, प्रबत्त टंक्क फर्साल ,वडा नं २ का वडा अध्यक्ष दयाराम सिम्खाडा र  वडा नं ९ का वडा अध्यक्ष डबल बोगटी लगाएत नगरको टिम सहभागि रहेको पत्रकार सम्मेलनमा पत्रकारहरुले सोधेका प्रश्नको जवाफ दिदेै नगर प्रमुख बरालले मिडियामा आएका सत्य समाचारको अनुश्रण गर्दै जाने र असत्य समाचारको खण्डन गर्दै त्यस्तो गलत समाचार प्रकासन गर्ने पत्रकार प्रति औला उठाउने अधिकार नागरिकको पनि अधिकार भएको बताउनु भयो । नगर प्रमुख बरालले राष्कोट नगर समाजबादी अर्थतन्त्रको आधार स्तम्भ खडा गर्ने काममा लागी परेको बताउनु भयो । पुर्व पत्रकार समेत रहनु भएका नगर प्रमुख बरालले पत्रकारीताको ब्यालेन्स आफुलाई पनि थाहा छ भन्दै मनगडन्ते ढंगले आफ्नो समेत प्रतिक्रिया राखेर  समाचार छाप्ने गरेको तर आफ्नो मोवाइलमा कुनै पनि पत्रकारको फोन नआएको बताउनु भयो । नगर प्रमुख बरालले नगर प्रति आर्थिक लाभका प्रस्ताव राख्ने पुरा नभएको झोकमा समाचार छाप्ने गरेकोले नकरात्मक ग्रन्थीबाट अभिप्रेरीत समाचारको प्रदाफास गर्ने बताउनु भयो । पत्रकारको जिज्ञासामा केन्द्रित रहेर कुरा गर्दै उप प्रमुख  मिमसरा बमले न्यायीक समितिका कामहरु अधिकार क्षेत्रले दिए सम्म प्रभाबकारी कार्यन्वयन भएको  बताउनु भयो । पत्रकार सम्मेलनमा  निक्कै बाझाबाझ भएको थियो । 
नगरद्धारा सार्वजनिक गरिएको प्रगती बिवरण यस्तो छ ।
रास्कोट नगरपालिकाले आव ०७४।०७५ मा सम्पन्न गरेका विकास निर्माण कार्यहरु र आव०७५।०७६ मा कार्यान्वयनमा रहेका विकास निर्माण कार्यहरुको विवरण रास्कोट नगरपालिकाले आव ०७४।०७५ मा गरेका कामहरु
१.    सडक
क.    आररिपि बजारदेखि ठूला चौरसम्मसडक निर्माण १.५किलोमिटर 
ख.    आरसिपि बजारदेखि बासतोलासम्म  सडक  निर्माण ४ किलोमिटर
ग.    गगानेदेखि बडरुख पोतमारा सडक निर्माण १ किलोमिटर
घ.    चामतोलादेखि बासतोला सडक निर्माण २ किलोमिटर
ङ.    बडिमालिका माविदेखि देउरापाटनसम्म सडक निर्माण ३ किलोमिटर
च.    चाटेखोलादेखि राताखालसम्म सडक  निर्माण ४ किलोमिटर
छ.    सेराचौरदेखि तुसारखोलासम्म सडक  निर्माण ४ किलोमिटर
ज.    सेराचौरदेखि बुढीसैन कर्णालीचौर हुदै बडलतोला  सडक निर्माण १.५ किलोमिटर
झ.    द्वारेढुंगादेखि बल्लेकाँध हुदै आरसिपि बजारसम्म सडक निर्माण १ किलोमिटर
ञ.    बडिमालिका मावि  देखि खेतगाउँसम्म सडक निर्माण ३ किमि
ट.    सेराचौरदेखि २ नं. वडा कार्यालयसम्म सडक निर्माण २५० मिटर
ठ.    रानागाउँ मोड देखि रास्कोट आयुर्वेद औषधालयसम्म सडक निर्माण १ किमि
ड.    गोर्खाली गाउँ मोडदेखि कालासिल्ला मावि सम्म सडक निर्माण ८०० मिटर
ढ.    बास्तोलादेखि जनजागृति मावि फुकोटसम्म सडक निर्माण ५०० मिटर
२.    विद्युत
क.    नगरपालिकाहरुका विद्युत लाइन विस्तार नभएका वस्तीहरुमा विद्युत लाइन विस्तार कार्य निरन्तर रुपमा भइरहेको
ख.    बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र, नगरपालिका र स्थानीय समुदायको शेयर लगानीमा २५ करोड लागतमा निर्माण हुने धुवाने छहरा धौलेगडा ८०० किलोवाट विद्युत आयोजनाको डिपिआर निर्माण कार्य सम्पन्न भइ निर्माण प्रक्रिया अगाडि बडेको ।
ग.    कर्णाली प्रदेश सरकार,बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र  र नगरपालिकाको संयुक्त लगानी मा ४ करोड लागतमा घोडा दाउनी बायु उर्जा निर्माण कार्यका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको ।
घ.    मष्टामाण्डू लघु जलविद्युत आयोजना  टेणडर प्रकियामा रहेको ।
ङ.    आरसिपि बजार बयलपाटा १०० उर्जा उत्पादन (बायु, विद्युत र सोलार)  आयोजनाको डिपिआर तयार भएको ।
३.    खानेपानी तथा सरसफाई
क.    कर्णाली प्रदेश सरकार, नगरपालिका र युनिसेफको संयुक्त लगानीमा एक घर एक धारा अभियान सञ्चालन भई नगरपालिकाका ६० वटा घरधुरीमा पानी धारा जडान भएको र बाँकी बस्तीहरुमा क्रमशस् विस्तार गर्ने योजना रहेको।
ख.    रास्कोट नगरपालिका खानेपानी उपभोक्ता संस्था निर्माण खानीपानी तथा सरसफाई सम्बन्धी सम्पूर्ण कार्यहरु एकद्धार प्रणालीबाट शुरु भएको ।
ग.    नगरपालिकाका ९ वटै वडा, प्रत्येक घरधुरी, शिक्षण संस्था, स्वास्थ्य संस्था लगायत सार्वजनिक स्थानहरुको खानेपानी, सरसफाई सम्बन्धी समिति गठन प्रक्रिया शुरु भई युनिसेफ नेपाल र नगरपालिकाको संयुक्त लगानीमा २.५ वर्षीय सम्झौता भई कार्य शुरु गरिएको ।
घ.    वडा नं ९ लाई पूर्ण सरसफाईयुक्त वडा घोषणाका लागि आवश्यक कार्य संचालन भइ रहेको ।
ङ.    आरसिपि बजार, खेतगाउँ र गोर्खालीगाउँ खानेपानी आयोजनाको निर्माण सम्पन्न ।
च.    नगरपालिका अन्तर्गतका पुराना खानेपानी योजनाहरुको मर्मत सम्भार कार्य गरिएको ।
छ.    नगरपालिकाका विभिन्न ५ वटा स्थानमा सार्वजनिक सौचालन निर्माण भई प्रयोगमा आएको ।
ज.    पूर्ण सरसफाई टोल निर्माणका लागि जनचेतनामूलक गोष्ठी, तालिम तथा अभियान संचालन गरिएका ।
४.    अन्य भौतिक संरचना निर्माण
क.    नगरपालिकाको प्रशासकीय भवन मर्मत सम्भार ।
ख.    २ वटा नगर सभा हल निर्माण ।
ग.    सीप विकास भवनर साझा सुविधा भवन निर्माण गरिएको ।
घ.    दर्शनार्थीहरुको सुविधाका लागि सम्भुनाथ मन्दिर परिसरमा प्याराफिट निर्माण ।
५.    शिक्षा 
क.    सरोकारवाला निकायहरुको संलग्नतामा ३३ बुँदे रास्कोट शैक्षिक सुधार योजनाको घोषणापत्र जारी गरिएको ।
ख.    नगर शिक्षा समिति गठन भई आफ्ना गतिविधि संचालन गरेको ।
ग.    नगरपालिकाभित्रका सबै विद्यालयको परीक्षा एकद्धार प्रणालीबाट गरिएको ।
घ.    सम्पूर्ण सरकारी कार्यालयहरु तथा शैक्षिक संस्थाहरुमा बायोमेट्रिक हाजिरी प्रणाली शुरुवात गरिएको ।
ङ.    शिक्षक विद्यार्थी अनुपात र भौतिक पूर्वाधारको आधारमा नगरपालिकाको शैक्षिक अवस्थामा सुधार ल्याउन विद्यालयहरुलाई अनुदान वितरण गरिएको ।
च.    शैक्षिक संस्थाहरुका भवन निर्माण, फिल्ड निर्माण (जनजागृति मावि ४ कोठे भवन निर्माण, फिल्ड निर्माण र खानेपानी निर्माण, बडिमालिका माविको प्याराफिट निर्माण, फिल्ड निर्माण र खानेपानी निर्माण तथा कालासिल्ला माविको फिल्ड निर्माण)।
६.    आर्थिक विकास तथा वित्तीय व्यवस्थापन
क.    नगपालिकाको पहलमा रास्कोटमा ग्लोबल आइएमइ बैंक स्थापना भइ नगरपालिका र जनसमुदायको लागि सहज बैंकिङ सेवा प्राप्त भएको ।
ख.    रास्कोट नगरपालिकाले सेवा प्रदायक संस्था मार्फत युवा स्वरोजगार कार्यक्रम संचालन गरेको ।
ग.    स्थानीय सरकार, सहकारी र निजी क्षेत्रको साझेदारीमा सामुदायिक एग्रोभेट स्थापना तथा संचालन गरिएको ।
घ.    बोयर बाख्राको स्रोत केन्द्र स्थापना ।
ङ.    किसानहरुलाई थ्रेसर मेसिन, हाते ट्याक्टर तथा अन्य उपकरणहरु वितरण गरिएको ।
च.    स्याउको जोन स्थापना भएको ।
छ.    आशा कार्यक्रम मार्फत करेशावारी तथा पोषण सम्वन्धि कार्यक्रम संचालन गरिएको ।
ज.    आशा कार्यक्रम र नगरको साझेदारीमा  आयआर्जन कार्यक्रम संचालन गरिएको ।
झ.    कृषि पेशालाई प्रोत्साहन गर्न कृषकहरुलाई अनुदान कार्यक्रम संचालन गरिएको ।
ञ.    आ.व. २०७४र०७५ मा हाईडेन्सीटी एप्पलको परिक्षण कार्य सम्मन्न गरिएको ।
ट.    रास्कोट नगरपालिकाको नडी ज्यूलामा कर्णाली नदि देखि लिफ्ट सिंचाइ प्रणालीको सुरुवात गरिएको ।
७.    स्वास्थ्य तर्फ
क.    नगरपालिका स्तरिय फार्मेसीको स्थापना गरिएको ।
ख.    नगरपालिकाले स्वास्थ्य सेवालाई सरल र प्रभावकारी वनाउन एम्वुलेन्स खरिद प्रक्रिया अगाडी वढाएको ।
ग.    नगरपालिका अन्तरगत स्वास्थ्य चौकी स्यूनामा ल्याव स्थापना गरि संचालनमा ल्याएको ।
घ.    स्वास्थ्य सेवालाई प्रभावकारी तथा गुणस्तरीय वनाउन आवश्यक जनशक्तीको व्यवस्थापन गरेको ।
ङ.    सम्पुर्ण स्वास्थ्यमा आवश्यक पर्ने औषधिहरुलाई नियमित आपुर्ती गरिएको ।
च.    नगरका सम्पुर्ण वडा कार्यालयमा रहेका महिला स्वास्थ्य स्वंम सेविकाको मातहतमा रहने गरि र ईलाका प्रहरी  कार्यालय स्यूनालाई आवश्यक स्टेचर वितरण गरीएको ।
छ.    रास्कोट सामुदायीक अस्पताल संचालनका लागि आवश्यक अनुदान सहित विशेष पहल भईरहेको ।
ज.    रास्कोट आयूर्वेद औषधालयलाई नयाँ भवनवाट सेवा प्रवाहको व्यवस्था मिलाईएको ।
झ.    शैक्षिक संस्थाहरुमा स्वास्थ्य सम्वन्धी सचेतकनामूलक कार्यक्रम संचालन गरिएको ।
ञ.    प्रत्येक स्वास्थ्य संस्था मार्फत गर्भवती भएका महिलाहरुलाई पोषण सम्वन्धी सामाग्री वितरण गरिएको ।
ट.    कुपोषण न्यूनीरण अभियान संचालन गरिएको ।
ठ.    नगरपालिकाका केही वस्तीहरुमा जिवन प्रवदर्द्धन कार्यक्रम संचालन गरी वायो फिल्टर वितरण गरिएको र करेशावारी,जुठ्यान व्यावस्थापन तथा शौचालयको नियमित प्रयोग तथा सरसफाईका कार्यहरु संचालन गरिएको ।
ड.    १२ जनाको नगर सडक मर्मत समूह निर्माण गरी नगरको सडकको नियमित मर्मत कार्यमा परिचालन गरिएको ।
ढ.    रास्कोटलाई नगरपालिकालाई मदिरा निषेधित क्षेत्र घोषणाका लागि आवश्यका कार्य संचालन भईरहेको ।
ण.    नगरपालिका अन्तरगतको वन जंगल संरक्षणका लागि ५ वटा नर्सरी स्थापना गरीएको । 
त.    रास्कोट वन संरक्षण समिति गठन तथा परिचालन भएको ।
८.    नगरपालिकालाई आवश्यक पर्ने १८ वटा कानून निर्माण गरी राजपत्रमा प्रकाशन गरेको ।
आव०७५र०७६ मा नगरपालिकाले प्रस्तावित कार्यक्रमहरु 
क.    श्रम सहकारी स्थापना गरी १०० जना युवाहरुलाई रोजगारीका लागि कार्य्विधि निर्माण कार्य आरम्भ ।
ख.    नगरपालिकाको अनुदान, सरकारी र समुदायको शेयर सहभागितामा १०वटा सुपथ सहकारी पसल स्थापना गरी संचालनमा ल्याउने ।
ग.    एक वडा एक कृषि उत्पादन कार्यक्रम संचालन गर्ने ।
घ.    कृषि संकलन केन्द्रको निर्माण र हाट बजार केन्द्र स्थापना गर्ने ।
ङ.    २० हजार मेट्रिक  टन क्षमताको कोल्ड स्टोर निर्माणको प्रस्ताव गरी प्रदेश सरकार तथा संघीय सरकार समक्ष पेश गरेको ।
च.    नगर बस सेवा संचालनको तयारी भएको ।
छ.    रास्कोट बृहद जल उपयोग गुरुयोजना निर्माण गरिने ।
ज.    नगर गुरुयोजना निर्माण गरिने ।
झ.    ३ वर्षीय आवधिक योजना निर्माण कार्य भैरहेको ।
ञ.    रास्कोट नगर अस्पतालको भवन निर्माणका लागि पहल अगाडि बढाईएको ।
ट.    कर्णाली चौरमा वृहत रंगशाला निर्माणका लागि प्रदेश सरकारसँग अनुरोध गरेकोमा आव ०७५।०७६ मा रु. कर्णाली प्रदेश सरकारले १ करोड रकम विनियोजन गरिएको ।
ठ.    १५ सय वर्ग फिट क्षमताको ड्राइ हाउस निर्माण गरिने ।
ड.    १ लाख हाइ डेन्सिटी स्याउ विरुवा वितरण गरिने ।
ढ.    नगरपालिका, प्रदेश सरकार र गैरसरकारी संघ संस्थाहरुको साझेदारीमा बहुउद्देश्यीय नर्सरी स्थापना गरी हरियाली रास्कोट विशेष कार्यक्रम संचालन गर्ने ।
ण.    मिदास नेपालसँगको सहकार्यमा विद्यालयहरुमा श्रव्यदृश्य प्रविधिबाट शिक्षण सिकाइ क्रियाकलाप संचालन गरिने ।
त.    एक टोल एक प्रारम्भिक बाल विकास केन्द्र स्थापना गरिने ।
थ.    अनौपचारिक बहु प्रतिभा केन्द्र स्थापना गर्ने ।
द.    कर्णाली फाउण्डेसनसँगको साझेदारीमा बहुप्राविधिक आवासीय विद्यालय स्थापना तथा संचालनको कार्य अगाडि बढाइनेछ ।
ध.    रास्कोट नगरपालिकाको प्रशासकीय भवन तथा आवास भवन निर्माण गर्ने ।
न.    एकिकृत वस्ती विकास कार्यक्रम संचालन गर्ने ।
.    रास्कोट नगरपालिकामा जनता आवास कार्यक्रमको निरन्तरताका लागि सम्बन्धित निकायसँग सहकार्य गर्ने ।
                                                                                                                                                                  काशिचन्द्र वराल
                                                                                                                                                                       (प्रमुख)
                                                                                                                                                         रास्कोट नगरपालिका, कालिकोट

प्रतिकृया दिनुहोस

नरहरीनाथ गाउँपालीकाकाे बडा न ६ र ७ मा जातीय भेदभाव विरुद्ध सामुदायिकमा संवाद कार्यत्रम सम्पन्न ।

कालीकाेट         नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ को कार्यान्वयनमा संचालित नेपालमा जातीय भेदभाव विरुद्ध साझा आवाज र कार्यका लागि सहयोग

छोरा माग्ने लाई छोरा र छोरी माग्ने लाई छोरी दिन्छु भन्ने एक जना बैद्य प्रहरीको नियन्त्रणमा । दस हजार प्रहरीद्धारा असुलउपर ।

कालीकाेट        कालीकोट जिल्लामा एक जना जैसी नामका बैद्यलाई प्रहरीले नियन्त्रणमा लिएर १० हजार असुल उपर गरेको छ । झोलामा मह जस्तो देखिने पदार्थ

कालिकोटका स्थानीय तहमा नागरिक समाज गठन ।

कर्ण कुमाल  कालिकोट मंसिर २१ । जिल्ला सदरमुकाम रहेको खाँडाचक्र नगरपालिका स्तरिय नागरिक समाज शुक्रबार मान्ममा गठन भएको छ । नगरपालिका कार्यवाहक