• शनिबार ८-२९-२०७५/Saturday 12-15-2018

मुख्यमन्त्रीकी छोरी सुर्जा कुमारी शाहीको रोग भोक र पीडा भोगेको बास्तविक जीवन संघर्ष ।

म जन्मीदा गाउ घरमा सबैले छोरा कै अपेक्षा गरेका थिए रे, तर हजुर आमाले निकै प्यार गर्ने नातीनीमा पर्छु म 
आमा बुवा जिउदो हुदै गर्दा पनि टुहुरी भए  म । हजुर आमाको करुणा र भगवान् भरोसा मेरो  हाड र छाला जिवित नै रह्यो,  ५ कक्षा सम्म त्यही कर्णालीको मरुभुमि भनेर चिनीने नानीकोटमा जे जस्तो भए पनि भोकै नांगै आमाको साहारामा पढे, मलाई थाहा छ त्यै पनि पढाइमा तेज नै थिए । पढाई र सरसफाईमा त उत्कृष्ठ भएर होला स्कुलले साबुन लगायत पुरस्कार दिईरहन्थ्यो ।  

मुख्यमन्त्रीकी छोरीको सपना स् परिवार मात्रै हैन देशकै व्यवस्थापन गर्नु छ
                       

               अहिले देख्दा सहजै लख काट्छन् मान्छेहरु मुख्यमन्त्री, त्यो भन्दा अगाडी पनी उर्जा मन्त्री, सभासद्  भैसकेको यति मात्र नभएर राजनैतिक मुलधारमा बग्ने मान्छेको छोरीको जिवन सुख सयल नै होला भनेर तर ठिक विपरीत छ कर्नाली प्रदेश मुख्यमन्त्री महेन्द्र वहादुर शाहीकी छोरी सुर्जा कुमारी शाहीको भोगाई । 
भनिन्छ, मान्छेले भोगेको दुःख देखाउनु हुन्न, हेप्न थाल्छन्– सुनाउनु पनि हुदैन उडाउन थाल्छन् तर सुर्जालाई यसको कुनै प्रवाह भएन, आफु भलो त जगत भलो भन्ने मान्यता राख्ने उनले बाल्यकालमा भोगेको मर्मस्पर्शी कुरा र आफुले देखेको सपनाको बारेमा पहिलो पटक यस संचार माध्याममा यसरी सार्वजनिक गरीन् । जनयुद्ध सुरु भएको २ बर्ष पछि कालिकोट उतिखेरको नानीकोट गा।वि।स।कोटिलामा जन्मेकी उनी बुवा आमाको न्यानो काख, माया, पालन पोषण र स्नेह पाउनु पर्नेमा, एक थोपा आमाको दुध नै खान नपाउने अवस्थावाट गुज्रिनु पर्यो । शिक्षण पेशामा संलग्न आमा चन्द्राको एकल साहराको त्यान्द्रोमा लहरीदा लहरीदै अनपेक्षित कैयौ शारीरकि, मानसिक, आर्थिक, समाजिक बाधा ब्यहोर्नु पर्यो जसको कारण उनलाई कुपोषण मात्र हैन टिबि रोग सम्मले आक्रमण गर्यो । आमाको दुध नै नभएपछि दुध खान नपाउदा सारै नाजुक अवस्था भएकोबेला बाख्रा र गाईको समेत दुध खानु पर्यो ।   दुधकोलागि आमाले ल्याएका कोही गाई विरामी पर्थे, लड्थे त कोही बाख्रा मरिहाल्थे जसले गर्दा सुर्जालाई टोक्या बच्चीको आरोप पनि लगायो त्यो समाजले । घरको मुली बुवा चाहि शशस्त्र युद्धमा भुमिगत भए पछि झन समस्यामाथि समस्या थपियो पहिलो सन्तान जन्मेकै बखत ।

      जेनतेन कालिकादेवी प्रा।वि।मा कार्यरत आमाले एकल व्यवस्थापन गरीरहेकी नै थिइन् उनको, आफु पढाउने स्कुलमा  सुर्जालाई पनि कखराको सुरुवाद् त्यही गराईन् उनले, एक दिनको कुरा हो, अबोध बालिका सुर्जा आमाको साथमै थिईन् प्रहरीले बुवा माओवादी जनयुद्धमा सहभागी भएकै कारण आमालाई जवरजस्ती पक्रेर लग्यो उनी सम्झीन्छीन् यती रोय म सायद आखाका सबै आशु रित्तिएहोलान्, म यति कराय तर मेरो क्रन्दन कस्ले पो सुन्थ्यो र रु म अभागि खाननै नपाउने अवस्थामा आमालाई लगे पछि मेरो हालत के भयो होला तपाई अनुमान गर्नुहोस् । मुखले त सबैले सहानुभुति देखाए तर मनबाटै सहयोग पाउने अवस्था मेरो कुनै पनि हालमा थिएन, आफन्तले नै रमिता हेरे । हजुरबाको निधन  भएर  ६ महिनामै टुहुरा बन्नु भएको हो मेरो बुवा, म भने आमा बुवा जिउदो हुदै गर्दा पनि टुहुरी भए । हजुर आमाको करुणा र भगवान् भरोसा मेरो  हाड र छाला जिवित नै रह्यो,  ५ कक्षा सम्म त्यही कर्णालीको मरुभुमि भनेर चिनीने नानीकोटमा जे जस्तो भए पनि भोकै नांगै आमाको साहारामा पढे, मलाई थाहा छ त्यै पनि पढाइमा तेज नै थिए । पढाई र सरसफाईमा त उत्कृष्ठ भएर होला स्कुलले साबुन लगायत पुरस्कार दिईरहन्थ्यो ।मैले पाँच कक्षा उतिर्ण गर्दा देशमा शान्ति वार्ता हुदै थियो, बुवा पार्टीको महत्वपुर्ण जिम्मेवारी  सम्हाल्नु भएकोले होला चाहेको बेला भन्दा पनि कहिले काही मात्र भेट हुथ्यो । आमासंग दुईजना भाईहरुसंगै जागिर गर्नु पर्ने बाध्यता थियो भने स्कुल निकै दुर्गम ठाउमा भएकाले हाम्रो परिवारीक वातावरण र पढाई मिलिराखेको थिएन । पुरै अस्तब्यस्त थियो परिवारीक वातावरण । घरको निर्णय अनुसार कैलालीमा ६ देखी ७ कक्षा अध्ययन गरे यद्यपी विचमै फेरी काठमाण्डौ बस्नु पर्ने भयो, पुनः पढाई काठमाण्डौ सारियो एलएमा  । सरकारी स्कुलमा पढेको मान्छे एकाएक बोर्डिङमा पढ्नु पर्दा कति गाह्रो भयो त्यो त मलाई मात्र थाहा छ । ८ देखी ९ काठमाण्डौमा पढेर फेरी एसएलसी दिन कालिकोट गईयो दुख निकै भए पनि परिणाम सन्तोषजनक नै आयो । लामो सास तानेर सुर्जाले भनिन् जिन्दगीले भोगेका दुख बताएर सध्य पनि छैन, तै पनि म निराशावादी मान्छै हैन म भित्र अदम्य सहास र आट जिवितै  छ ।

         छोरी मान्छे भएर मैले कहिल्यै कमजोर महशुस गरीन सायद बुवाको प्रेरणाले होला ।प्लस टु सकाए पछि उनले थपिन् सानै देखी डाक्टर पढ्ने लक्ष्य भएकाले पाटन अस्पतालमा एमविविएसको अध्ययनको लागि निकै कडा मिहिनेतकासाथ पढ्दा पनि नाम निस्कीन सकेन मलाई ज्यादै दुख पनि लाग्यो । त्यतिकैमा २०७२ साल माघ १२ गते बुवाले हाकेको गाडी तनहुमा भयानक दुर्घटना हुदा धन्न हामी बाचेको, निकै गहिरो र गंभिर तवरले हामी दुबै बावु छोरीको अप्रेशन पनि  भयो । दुखीलाई भगवानले पनि परिक्षा लिइरहेको सम्झे, मनलाई दह्रो पारे यद्यपी घर परिवार र आफैले पनि निकै सोचि सम्झी फेरी व्यवस्थापन पढ्ने निर्णय गरे जसले अस्तब्यस्त घरपरिवार मात्र हैन देशको पनि आवश्यक पर्दा व्यवस्थापन गर्ने सपना बोकेकी छु । भन्ने त हैन तर अब गरेर नै देखाउनु छ । व्यवस्थापन त्यसै पढेकी हैन रु मैले ।  विदेशिने युवा र विद्यार्थीलाई चुनौति दिदै उनले थपिन संभावना अथाह छ नेपालमा पढ्नेले यही पनि प्रगति गर्न सक्छन् जो मैले सावित गर्नु छ ।  जिन्दगीमा अहिले सम्म एक जनासंग पनि झगडा नभएको बताउने सरल र मिलनसार स्वभावकि सुर्जाले मानुषी यमीको झझल्को दिने गरी कलेजमा समेत बाजि मार्दै आईरहेकी छन् । आफ्नो बुवा मन्त्री, मुख्यमन्त्री बहाल हुदा पनि कुनै प्रकारको घमण्ड र शक्ति राग नदेखाउने उनको सबभन्दा सबल पक्ष बताईरहदा घरमा चकचके भाईहरुलाई पहिला पहिला भकुरेको रमाईलो अनुभव उनीसंग छ । दुखद समाचार र थाक लागेको बेला मुड अफ हुने बताउने सुर्जा जसको बानीले घरमा अहिले आमा बुवा, भाईहरुको मुड आफ हैन खुसी र हासो संचार गर्ने पात्र बनेकी छन् ।
                         

                                                   आमा र बुवाको माया बालपनमा खासै अनुभुत नगरेकी सुर्जाले अहिले मायाकोे ब्याज सहित असुल गरीरहेकी छिन् अर्थात सबैको मायाको केन्द्र बनेकी छिन भन्दा फरक नपर्ला । उनले लजाउदै भनिन् सानो सानो कुरामा पनि बुवाले निकै केयर गर्नु हुन्छ । कानको अप्रेशनकोबेला बुवाले मुख्यमन्त्रीको काम नै छाडेर तीन चोटी हरियोखर्क अस्पताल आफै धाउनु भयो । आमा र भाईहरु साथी जस्ता लाग्छन् सबै कुरा सेयर हुन्छ लुकाउनु पर्ने, डराउनु पर्ने केही पनि छैन यस अर्थमा त म भाग्मानी नै छु, तर उहाहरुकोलागि जेठो सन्तान र एउटा नेताकी छोरी हुनुको नाताले के गर्न सकिन्छ होला  रु प्रति प्रश्न गर्दै आफै थपिन् अरु नसके पनि पनि खुसी दिने कसैको पनि अहित नहुने काम गर्ने छु । पोखरा परिवारीक घुमघाम र बुवाले पहिलो चोटी चुनाव जित्दा आफु निकै खुसी भएको उनले लुकाईनन् । म जन्मीदा गाउ घरमा सबैले छोरा कै अपेक्षा गरेका थिए रे, तर हजुर आमाले निकै प्यार गर्ने नातीनीमा पर्छु म । छोरा मान्छे भन्दा कमजोर छैन म, परेको बेलामा जस्तो सुकै निर्णय लिने क्षमता राख्न सक्छु । बिहेको प्रश्नमा उनको एउटै कुरा थियो लभ संगै बुवा आमाको सहमतिमा हुन्छ चाहे जो सुकै किन नहोस इमानदार र सरल स्वभाव मलाई मन पर्छ तर यसको बारेमा अहिले मैले सोचेको पनि छैन ः अब केवल पुर्ण आत्मनिर्भर मेरो लक्ष्य छ ताकी सहयोग गर्न पाईयोस, माग्न नपरोस कसैसित । उनको एउटै प्राथना छ आफ्नो जस्तो दुख कोही पनि नेपालीका छोरा छोरीले भोग्न नपरोस, सबै समृद्ध, खुशी र सुखी होउन्  ।

प्रतिकृया दिनुहोस

कर्णाली संसदीय दलको विवाद टुंगियो, मुख्यमन्त्री शाही दलको नेता चयन   ।

       लामो समयको छलफल र बहसपछि नेकपाले कर्णाली प्रदेश संसदीय दलको नेता चयन गरेको छ । १२ मंसिरमा बसेको पार्टी सचिवालय बैठकले वर्तमान मुख्यमन्त्री

इन्सेकको टोलिद्धारा मानव अधिकार अनुगमन ।

कर्ण कुमाल           मानवअधिकारवादी सस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र, इन्सेकको टोलिले कालिकोट जिल्लाको मानवअधिकार अवस्थाका वारेमा

महाकवि देवकोटाकाे मन छुने कविता 'पागल' ।

काठमाडौं – लक्ष्मी पूजाको दिन जम्मेकाले लक्ष्मीको प्रसाद स्वरुप महाकवि लक्ष्मीप्रसाद देवकोटाको नाम लक्ष्मीप्रसाद राखिएको हो ।तर उहाँ लक्ष्मीको