• शनिबार ८-२९-२०७५/Saturday 12-15-2018

भार्इ टीकाको उत्तम साइत ११:५५ बजे ।

   यस वर्षको भाइटीकाको उत्तम साइत शुक्रबार ११स्५५ बजे रहेको नेपाल पञ्चांग निर्णायक समिति जनाएको छ । तिहारको अन्तिम दिन अर्थात् कात्तिक शुक्ल द्वितीयका दिन भाइटीका मनाइन्छ । भाइटीका दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई विशेष सम्मानका साथ विधिपूर्वक पूजाआजा गरी मनाइन्छ ।भाइटीकामा विभिन्न मिष्ठानसँगै दान–दक्षिणा एवं वस्त्र लगायतका सामाग्री दिने पनि परम्परा छ । परापूर्वकालमा बहिनी यमुनाले दाजु यमराजलाई विशेष मानसम्मानका साथ भाइटीका लगाइदिएको किंबदन्ती छ । यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्ने र यही बेला दश दिक्पालले बलीराजालाई आफ्नो राज्य छाड्ने धार्मिक मान्यता छ ।भाइटीकामा दियो, कलश र गणेशको पूजा गरी ओखर, तेल, मखमली, सयपत्री फूलको माला, दूबो, कटुसलगायत प्रयोग गरी आफ्ना दिदी बहिनी र दाजुभाइको सुख–समृद्धि, अरोग्य एवं दीर्घायुको कामना गरिन्छ । भाइटीका लामो समयसम्म भेटघाट नभएका दाजुभाइ तथा दिदीबहिनीसँग भेटघाट हुने माध्यमका रूपमा लिइन्छ । दिदीबहिनी भाइटीकाको अघिल्लै दिन दाजुभाइलाई भाइटीकाको निम्तो दिन्छन् ।

प्रतिकृया दिनुहोस

रास्कोट नगरपालीका बडा न ४ सुन्दर समाज सुधार युवाले संकलन गरिएको रकम सामाजिक विकासमा सदुपयोग गर्ने

कर्ण कुमाल        नेपालीहरुको दोस्रो ठुलो चार्ड हितारमा कालिकोट सदरमुकाममा युर्वाकलव लगाएतका बिभिन्न समुहले  देउसी खलेका छन । तिहारका बेला

रास्कोट नगरपालीका बडा न ४ सुन्दर समाज सुधार युवाले संकलन गरिएको रकम सामाजिक विकासमा सदुपयोग गर्ने

कर्ण कुमाल        नेपालीहरुको दोस्रो ठुलो चार्ड हितारमा कालिकोट सदरमुकाममा युर्वाकलव लगाएतका बिभिन्न समुहले  देउसी खलेका छन । तिहारका बेला

सामाजिक विकासमा लगानी जुटाउन देउसी भैलो ।

जुम्ला       तिहारका बेला देउसी भैलो खेल्ने परम्परालाई कायम राख्दै जुम्लाका युवाले संकलन भएको रकम विकासमा सदुपयोग गर्ने भएका छन् ।देउसीबाट