• आइतबार ११-५-२०७५/Sunday 02-17-2019

नेपाल संवत ११ सय ३९ आजबाट सुरु ।

काठमाण्डाैँ  

     नेपाल संवत ११ सय ३९ आजबाट सुरु भएको छ । नेपाल संवतको नयाँ वर्ष देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाले बिक्रम सम्वत् ९३७ मा गरीब जनताको ऋणमोचन गरी नेपाल संवतको शुरुवात गराएका थिए ।नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको थियो । लिच्छविकालका राजा राघवदेवको शासनकालबाट शुरु भएको नेपाल संवत पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतकै रुपमा चलेको थियो ।लिच्छविकालअघि शक संवत प्रचलनमा थियो । नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत हो । २००७ सालमा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ ।

नेपाल संवतलाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेष रुपमा मनाउने गरिन्छ ।गरीब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्यांकन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नु भएको थियो ।।यसैगरी २०६५ सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको थियो ।कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात गर्ने परम्परासमेत काठमाडौंमा छ ।

प्रतिकृया दिनुहोस

सपना भित्रका सपनाले जगाएका रहरहरु ।

रेडियो प्रदेश आवाज एफ एम कालीकोट         दिनहरु यस्ता थिए सम्झीदा अहिले पनि पट्यार लाग्दैन जतिबेला म स“ग सानो समाज परिबर्तनको सपनाका त्यान्द्रा

कर्णालीका हरेक व्यक्तिको विवरण राख्ने तयारीमा प्रदेश सरकार ।

 कालीकाेट       कर्णाली प्रदेशका मुख्यमनत्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशका हरेक जनताको तथ्यांक संकलन गर्ने र प्रोफाइल निर्माण गर्ने

‘पत्रकारितामा धतुरो छरेर बासमती चामलको सपना नदेखौं’

कालिकोट          पत्रकारितामा धतुरो रोपेर बासमती चामलको सपना देख्न नहुने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् ।