• शनिबार ८-२९-२०७५/Saturday 12-15-2018

महाकवि देवकोटाकाे मन छुने कविता 'पागल' ।

काठमाडौं – लक्ष्मी पूजाको दिन जम्मेकाले लक्ष्मीको प्रसाद स्वरुप महाकवि लक्ष्मीप्रसाद देवकोटाको नाम लक्ष्मीप्रसाद राखिएको हो ।तर उहाँ लक्ष्मीको प्रसाद हैन, सरस्वतीको प्रसाद  मात्र बन्न सफल हुनुभयो । जीवनभर गरिबीमा बाँच्न विवश देवकोटाले दर्जनौं कृति लेख्नुभएको छ । महाकवि देवकोटाका प्रमुख कृतिमा सुलोचना, शाकुन्तल, महाराणाप्रताप, भक्त प्रल्हाल लगायत ६ वटा महाकाव्य र मुनामदन, कुञ्जिनी, सावित्री सत्यवान, वनकुसुम जस्ता २१ वटा खण्ड काव्य छन् ।मुनामदन अहिलेसम्म पनि सबैभन्दा धेरै रुचाइएको कृति हो । देवकोटाको ६ सय ६४ वटा फुटकर कविता भेटिएका छन् । यस्तै नेपाली निबन्ध संग्रहमा पनि उहाँको विशिष्ट योगदान छ ।महाकवि देवकोटाको फुटकर कवितामध्ये कविता ‘पागल–२०१०’ सर्वाधिक चर्चित र उत्कृष्ट कविता मानिन्छ । पागल देवकोटाको गद्य कविता हो । देवकोटाका व्यक्तिगत जीवनमा आएको सङ्कट, पितामाताको निधन, हुर्किसकेका छोराको मृत्यु, एमए पढ्ने अपूर्ण धोको आदी उतारचढावले महाकवि देवकोटाको मानसिक स्थितिमा केही परिवर्तन आएको थियो ।त्यसैले उहाँलाई १९९५ को पुसमा मानसिक रोगको उपचारका लागि राँची लगियो । राँचीका मानसिक उपचार गर्ने डाक्टरले देवकोटामा मानसिक समस्या नभएको निक्र्योल गरेर फर्काइदिए । राँचीबाट फर्किएपछि देवकोटालाई उहाँका छरछिमेककी, इष्टमित्र र साथीभाइले पागल भनेर विभिन्न अवसरबाट बिमुख गराउन थाले ।

देवकोटाका साथीहरू कठिन काम गर्न उहाँलाई अघि सार्थे तर कुनै पद र प्रतिष्ठा प्राप्त हुने अवस्था आउँदा पागल भनेर उहाँलाई पन्छाउँथे । २००८ सालमा सल्लाहकारसभा चुनावमा देवकोटा पनि उम्मेदवार हुनुहुन्थ्यो तर तिनै क्षुद्र साथीहरूले देवकोटा पागल भइसकेका छन् भन्ने प्रचार गरेर चुनावमा हराउने काम गरे ।भारतीय विद्वान महापण्डित राहुल सांकृत्यानले समेत देवकोटालाई भेटेर केही संवादका आधारमा देवकोटा पागल भइसकेको स्वीकार गरी भारतीय पत्रिकामा लेख छपाए ।महापण्डित सांकृत्यानको लेखले देवकोटाको छाती चिरियो । यस्तै साहित्यिक, राजनीतिक र सामाजिक क्षेत्रमा अनुभूत गर्नुपरेका पीडाजन्य व्यवहार, व्यक्तिगत जीवनमा भोग्न परेका आरोहअवरोह, शोक, आर्थिक सङ्कट, अपमान तथा आफन्तबाट गरिएको तिरस्कारजन्य कुराको प्रतिक्रियास्वरूप पागल कविता पैदा भएको किटान गर्न सकिन्छ ।महाकवि देवकोटाले पागल कवितामा आफूमाथि लाग्ने गरेको पागलपनको आरोपलाई व्यङ्ग्यात्मक रूपमा स्वीकार गर्दै आफ्ना आत्मवेदना र विद्रोहका भाव पोखिएका छन् ।

देवकोटाका मन छुने कविता पागल यस्ताे छ :

पागल

जरूर साथी म पागल
यस्तै छ मेरो हाल।

म शब्दलाई देख्दछु
दृश्यलाई सुन्दछु्

बासनालाई सम्बाद लिन्छु।
आकाशभन्दा पातला कुरालाई छुन्छु।

ती कुरा,
जसको अस्तित्व लोक मान्दैंन
जसको आकार संसार जान्दैन
म देख्दछु, ढुङ्गालाई फूल
जब, जलकिनारका जल चिप्ला ती,
कोमलाकार, पाषाण,

चाँदनीमा,
स्वर्गकी जादूगर्नी मतिर हाँस्दा,
पत्रिएर, नर्मिएर, झल्किएर,
बल्किएर, उठ्दछन् मूक पागलझैँ,
फूलझैँ, एक किसिमका चकोर फूल
म बोल्दछु तिनसँग, जस्तो बोल्दछन् ती मसँग

एक भाषा, साथी !
जो लेखिन्न, छापिन्न, बोलिन्न,
बुझाइन्न, सुनाइन्न।

जुनेली गङ्गा-किनार छाल आउँछ तिनको भाषा
साथी ! छाल छाल
जरुर साथी म पागल
यस्तै छ मेरो हाल
तिमी चतुर छौ, वाचाल
तिम्रो शुद्ध गणित सूत्र हरहमेशा चलिरहेको छ

मेरो गणितमा एकबाट एक झिके, एकै बाँकी रहन्छ
तिमी पाँच इन्द्रियले काम गर्छौ, म छैटौँले
तिम्रो गिदी छ साथी, मेरो मुटु।

तिमी गुलाफलाई गुलाफ सिवाय देख्न सक्तैनौ,
म उसमा हेलेन र पद्मिनी पाउँछु,
तिमी बलिया गद्य छौ
म तरल पद्य छु

तिमी जम्दछौ जब म पग्लन्छु,
तिमी सँग्लन्छौ जब म धमिलो बन्छु,
र ठीक त्यसैका उल्टो
तिम्रो संसार ठोस छ
मेरो बाफ

तिम्रो बाक्लो, मेरो पातलो
तिमी ढुङ्गालाई बस्तु ठान्दछौ,
ठोस कठोरता तिम्रो यथार्थ छ।
म सपनालाई समात्न खोज्दछु,
जस्तो तिमी, त्यो चिसो, मीठो अक्षर काटेको
पान्ढीकीको बाटुलो सत्यलाई

मेरो छ वेग काँडाको साथी
तिम्रो सुनको र हीराको

तिमी पहाडलाई लाटा भन्दछौ,
म भन्छु वाचाल।

जरुर साथी,
मेरो एक नशा ढिलो छ
यस्तै छ मेरो हाल ।

प्रतिकृया दिनुहोस

कर्णाली संसदीय दलको विवाद टुंगियो, मुख्यमन्त्री शाही दलको नेता चयन   ।

       लामो समयको छलफल र बहसपछि नेकपाले कर्णाली प्रदेश संसदीय दलको नेता चयन गरेको छ । १२ मंसिरमा बसेको पार्टी सचिवालय बैठकले वर्तमान मुख्यमन्त्री

इन्सेकको टोलिद्धारा मानव अधिकार अनुगमन ।

कर्ण कुमाल           मानवअधिकारवादी सस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र, इन्सेकको टोलिले कालिकोट जिल्लाको मानवअधिकार अवस्थाका वारेमा

मुख्यमन्त्रीकी छोरी सुर्जा कुमारी शाहीको रोग भोक र पीडा भोगेको बास्तविक जीवन संघर्ष ।

म जन्मीदा गाउ घरमा सबैले छोरा कै अपेक्षा गरेका थिए रे, तर हजुर आमाले निकै प्यार गर्ने नातीनीमा पर्छु म  आमा बुवा जिउदो हुदै गर्दा पनि टुहुरी भए  म ।