• शनिबार ८-२९-२०७५/Saturday 12-15-2018

पलातामा टोलटोलमा स्वास्थ्य कर्मी

कर्ण कुमाल

     पलाता गाउँपालीकाका अध्यक्ष लक्ष्मण बंमले यस अघि घोषणा गरेको गाउँगाउँमा स्वास्थ्यकर्मी खटाउने काम ब्यवहारमा ल्याउने निर्णय पलाता गाउँपालीकाको कार्यपालीकाको बैठकले गरेको छ । यसै साता बसेको गाउँकार्यपालीकाको बैठकले पलाता गाउँपालीकाका सबै वडामा रहेका स्वास्थ्य इकाइलाई परिचालन गरिएको अध्यक्ष बमले जानकारी दिनुभयो   । सबै वडामा   दैनिक एक घण्टा फरफरक टोलटोलका नागरिकको प्रत्यकको घरघरमै गएर उनिहरुको समस्या बुझ्ने औषधि पाए नपाएको बारे जानकारी दिने र स्वास्थ्य चेकजाच गरेर सरसफाई सम्बन्धि छलफल गर्ने गरि स्वास्थ्यकर्मीहरु परिचालित गरिएको  गाउँपालीकाले जनाएको छ ।  वडामा रहेका स्वास्थ्य इकाइमा कार्यरत स्वास्थ्यकर्मीले हप्तामा प्रत्यक शुक्रबार बिद्यालयमा एक घण्टा समय दिनु पर्ने छ ।  स्वास्थ्यकर्मीले आफ्नो दैनिक गतिबिधि पत्यक दिनको ५ बजे भित्र गाउँपालीकालाई  जानकारी गराउने छन ।  त्यसका लागी गाउँपालीकाले निर्णय गरेको अध्यक्ष बंमले रेडियो प्रदेश आवाजलाई जानकारी दिनु भयो । 

प्रतिकृया दिनुहोस

      जिल्ला अस्पताल कालिकोटको एम्बुलेन्स दुर्घटना

कर्ण कुमाल       जिल्ला अस्पताल कालिकोटको एम्बुलेन्स आज बिहान ६ बजे दैलेख जिल्लाको गुरास गाउँपालीका ४ लाठेमा दुर्घटना भएको छ । सुर्खेत बिरामी

मुटु कलेजो जोडिएका जुम्ल्याहाको मृत्यु ।।

सुर्खेत          शरीर जोडिएका जुम्ल्याहा छोरीहरुको आइतबार मृत्यु भएको छ । प्रदेश अस्पताल सुर्खेतमा यही मंसिर २ गते राष्कोट नगरपालिका–५, की

सुर्खेत अस्पतालमा जन्मिए शरीर जोडिएका जुम्ल्याहा शिशु ।

कालीकाेट          सुर्खेत अस्पतालमा जन्मिए शरीर जोडिएका जुम्ल्याहा शिशु... प्रदेश अस्पताल सुर्खेतमा शरीर जोडिएको जुम्ल्याहा शिशुको जन्म भएको छ