• आइतबार ११-५-२०७५/Sunday 02-17-2019

कस्तो हुन्छ आत्महत्या गर्नुअघिको मनोविज्ञान रु

काठमाडौं । मानिसलाई सबैभन्दा बढी डर सम्भवतः मृत्युसँग हुन्छ । मृत्युबाट बच्न मानिस के गर्न तयार हुँदैन रु

तर, कोही मानिस जीवनसँग यति धेरै विरक्त हुन्छन् कि उनीहरुले जानीजानी मृत्यु अंगाल्न पुग्छन् । उनीहरु बाँच्नुमा भन्दा मर्नुमा कल्याण देख्छन् । प्रेममा धोका पाएको व्यक्तिदेखि परीक्षामा फेल भएको विद्यार्थीसम्मले आत्महत्या रोजेको घटना हामीले धेरै सुनेका छौं ।


विराटनगरकी ३७ वर्षीया नीता शर्माले केही दिनअघि आत्महत्याको प्रयास गरिन् ।  सामाजिक, आर्थिक तथा मानसिक रुपमा श्रीमानबाट प्रताडित भएपछि उनले आफ्नो अन्तिम विकल्प आत्महत्यालाई ठानिन् । आफ्नै घरको कोठाभित्र डोरीको पासो लगाएर उनी झुण्डिइन् ।

तर भाग्यवस एकजना साथी कोठामा प्रवेश गरेपछि उनको प्राण जोगियो । अहिले उनी काठमाडौंको एक अस्पतालमा उपचाररत छिन् । मनोपरार्मशदाताको परामर्श पश्चात्त उनमा केही सकारात्मक सोचहरु विकसित हुँदै गएको छ । हाल कग्निटिभ बिहेभियर थेरापी (सीबीटी० मार्फत उनको मनोदशामा सुधार ल्याउने प्रयास भइरहेको छ ।

नीता एक प्रतिनिधि पात्र मात्र हुन् ।  नेपालमा यस्ता कयौं नीताहरु छन् जो कुनै गम्भीर समस्यामा परेर जीवनबाटै भाग्न खोजीरहेका छन् । उनीहरुमध्ये केहीले आफ्नो जीवन सिध्याउँछन् भने केहीले आफ्नो सोच बदलेर जीवनलाई एउटा नयाँ दिशामा लैजान्छन् ।

आखिर, मानिसहरु आत्महत्या गर्ने मनस्थितिसम्म कसरी पुग्छन् रु कुन(कुन तत्वले उनीहरुलाई आत्महत्या गर्न प्रेरित गर्छन् रु

मनोपरामर्शदाता वासु आचार्यका अनुसार कुनै पनि व्यक्तिले आत्महत्या गर्ने सोच बनाउनुको पहिलो कारण गम्भीर डिप्रेसन हो । यसैगरी बाइपोलार डिसअर्डर, स्किजोफ्रेनिया जस्ता मनोरोगबाट पीडितहरुले पनि आत्महत्या गर्न सक्ने खतरा हुन्छ ।

यसबाहेक, प्रेममा धोका पाएका वा प्रेम सफल बनाउन नसकेका प्रेमी(प्रेमिका, सबै सम्पत्ति जुवा तासमा हारेर तन्नम बनेका जुवाडे, आर्थिक संकटमा भासिएका, ऋणले थिचिएका, निको नहुने गम्भीर रोग लागेका, मदिरा तथा मादक पदार्थ सेवनकर्ताहरुमा पनि आत्महत्या गर्ने प्रवृत्ति हुन्छ । ‘आत्महत्या गर्छु’ भनेर बारम्बार धम्की दिनेहरुले कुनै कालखण्डमा गएर साँच्चै आत्महत्या गरेका उदाहरणहरु पनि प्रशस्तै छन् ।

 

उटा व्यक्तिलाई आत्महत्या गर्न प्रोत्साहित गर्नुमा सामाजिक, आर्थिक, सांस्कृतिक, राजनैतिक, भूबनावट लगायत सबै पक्ष जिम्मेवार हुन्छ । त्यसमा  मानिसको वौद्धिकता तथा यौनिकतासमेत सामेल हुन्छ
‘जब एउटा मानिसलाई बिहान उठेदेखि राति नसुतेसम्म दिक्दारी लाग्छ, उनीहरु जीवनबाट विरक्तिन थाल्छन् । जसरी एउटा साधारण मानिस बाँच्नको लागि संघर्ष गरिरहेको हुन्छ, उनीहरु मर्नको लागि संघर्ष गरिरहेका हुन्छन् । आवेशमा आएर आत्महत्या गर्ने भनेको धेरै कमले मात्र हो,’ आचार्य भन्छन् ।

उनका अनुसार मानिसमा आत्महत्या गर्नुपूर्व देखापर्ने मनोभावहरु यसप्रकार छन् स्

–      सोच्ने क्षमतामा र्‍हास आउने

–      गलत सोचाई आउने

–      वुद्धि(विवेक, इच्छा, आकांक्षा सबै असन्तुलित हुने

–      केही थाहा नहुने । यतिसम्म कि अरुले के भन्दैछ, वा के गर्दैछ वा भनेको कुरा कति ठीक हो भन्नेसम्म पनि नबुझ्ने ।

पीडित व्यक्तिलाई यस्तो नसोच भनेर त धेरैले भन्छन्, त के नसोच्ने रु कस्तो सोच्ने भन्ने कुरा बुझाउनतिर कसैले चासो दिँदैनन् ।

आचार्यका अनुसार यस्ता व्यक्ति आत्महत्या गर्नुपूर्व कसैको ऋण छ भने तिरिदिने, कसैसित झगडा परेको छ भने माफी माग्ने, कुनै घटना वा परिघटना भएमा त्यो सुल्झाउन थाल्दछन् ।

‘उनीहरु मर्नका लागि भित्रैबाट यति धेरै जागृत भैसकेका हुन्छन् कि उनीहरु हाँसीहाँसी सात तल्लाबाटै हामफाल्न सक्छन्,’ मनोविद आचार्यले भने ।

त्यसो त एउटा व्यक्तिलाई आत्महत्या गर्न प्रोत्साहित गर्नुमा सामाजिक, आर्थिक, सांस्कृतिक, राजनैतिक, भूबनावट लगायत सबै पक्ष जिम्मेवार हुन्छ । त्यसमा  मानिसको वौद्धिकता तथा यौनिकतासमेत सामेल हुन्छ ।

आचार्य भन्छन्, ‘हाम्रो हत्केलाका पाँच औंला भनेजस्तै यसमा पनि पाँचवटा तत्व हावी हुन्छ । ती तत्वलाई मिलाउन सकेमात्र पनि आत्महत्याको घटना आधाभन्दा बढीले घटाउन सकिन्छ ।’

आत्महत्याको घटनालाई कम गर्न विरामीलाई सही समयमा औषधीको सेवन गराउने, मनोवैज्ञानिक सपोर्ट गर्ने, पारिवारिक प्रेम बढाउने, आफ्नो वुद्धि तथा विवेकको आवश्यकता महसुस गराउने लगायतका कुरा आवश्यक पर्दछन् ।

यसको लागि पनि बच्चाहरुलाई कक्षा नौदेखि नै मानसिक स्वास्थ्यबारे जनचेतना जगाउन आवश्यक रहेको उनी बताउँछन् । त्यसबाहेक, समाज तथा परिवारमा पनि मानसिक स्वास्थ्य तथा संवेगात्मक व्यवहार उपचार आवश्यक रहेको उनको भनाई छ ।

प्रतिकृया दिनुहोस

प्रदेश सरकारद्धारा बिज्ञप्ती प्रकासित पार्किङ गरेर राखेको गाडिमा मार्करले चोरी शैलीमा नारा लेख्ननु लज्जास्पत

निस्ता कार्की  रेडियो प्रदेश आवाज कालिकोट         कर्णाली प्रदेसका मुख्यमन्त्री महेन्द्र बहादुर शाही चढ्ने गाडिमा आन्दोलनरत कांग्रेस समर्थक

आँठ बिगा जंग्गा स्थानीयद्धारा गाउँपालीकालाइ दान

रत्न कार्की   पचालझरना गाउँपालीकाको सेवाकेन्द्रका लागी स्थानीयले ८ बिगा बढी जंग्गा लगत कट्टा गरि गाउँपालीकाको नाममा दान गरेका छन ।  पचालझरना

काठमाडौं केन्द्रबिन्दुमा ३।३ म्याग्निच्युट भुकम्प पराकम्प ।

काठमाडौं । नेपाल भुकम्पको उच्च जोखिममा रहेको विज्ञहरुले बताईरहेका छन । हालैं भारतमा भएको एक अध्यनमा भारतीय युपी बिहार लगायतका राज्यहरुमा शक्तिशाली