• शनिबार ८-२९-२०७५/Saturday 12-15-2018

अग्रिम टिकट खुलाउन व्यवसायीको आनाकानी

काठमाडौं । दसैँ आउन करिब एक महिना बाँकी रहँदा पनि यातायात व्यवसायीले अझै अग्रिम टिकट बुकिङ खुलाएका छैनन् । गतवर्ष एक महिना अगावै टिकट खुलाउने यातायात व्यवसायीले यसपटक भने अझै टिकट खुलाउने संकेतसमेत गरेका छैनन् ।

व्यवसायीहरूले यातायात व्यवस्था विभागसँगको छलफलमा टिकट बुकिङ खुलाउनुअघि सरकारले आफ्ना समस्याहरू सम्बोधन गर्नुपर्ने सर्त राखेका कारण अझै टिकट नखुलेको हो । उनीहरूले भाडा बढाउनुपर्ने, यातायात समितिको बैंक खाता खोलिदिनुपर्ने लगायतका सर्त व्यवसायीले राखेको विभागले बताएको छ । सिन्डिकेट अन्त्य गर्नका लागि सरकारले यातायात व्यवसायीको बंैक खाता रोकिदिएको छ ।

व्यवसायीले अग्रिम टिकट नखुलाउने हो भने दसैंमा घर जाने सर्वसाधारणलाई समस्या पर्ने बताइएको छ । गत वर्षहरूमा टिकट बुकिङ घटस्थापनाको एक महिनाअघिदेखि खुला गरिँदै आएको थियो । तर, यो वर्ष यातायात विभाग र व्यवसायीको छलफल नटुंगिएका कारण टिकट बुकिङ अन्योलमा परेको छ । यो वर्ष असोज २४ गते घटस्थापना परेको छ । त्यो आउन अब एक महिना मात्र बाँकी रहेको छ ।

यातायात व्यवसायीले हरेक वस्तु तथा सेवामा महंगी बढे पनि लामो समयदेखि यातायात भाडा नबढेकोले बढाउनुपर्र्ने माग राखेका छन । ०७० सालदेखि भाडा नबढेको भन्दै व्यवसायीहरूले बढाउनुपर्ने माग गरिरहेका छन् । सरकारले समस्यालाई चाँडै सम्बोधन गरेर आफूहरू टिकट खोल्ने पक्षमा रहेको व्यवसायीहरूले बताए ।

विभागले यातायातको लागत हेरेर वैज्ञानिक रूपले भाडा व्यवस्थापन गर्ने जनाएको छ । ०७० सालमा १२ हजार रहेको कर अहिले बढेर ३० हजार पुगेको पनि भाडा दर नबढेको राष्ट्रिय यातायत व्यवसायी महासंघका महासचिव सरोज सिटौला बताए । उनले आफूहरूको समस्याको सुनवाइ नभएकोले अग्रिम बुकिङ खुला नगरेको बताए । विभागले भने तयारी भइसकको टिकट बुकिङ खुला गर्ने काम व्यवसायीका तर्फबाट मात्रै रोकिएको बताउँदै आएको छ । विभागले ट्राफिक प्रहरीसँग समन्वय गरी बसपार्कमा यात्रु सहायता कक्ष राख्ने तयारीसमेत गरिसकेको छ ।

समितिले दसैँको वेला नयाँ गाडीसमेत थप्ने गर्दछ । नयाँ गाडी थपेर बुकिङ खुला गरे पनि खुलेको दुई तीन दिनमा टिकट सकिने गरेको छ । हरेक वर्ष सरकारले दसैंमा यातायात व्यवसाय समितिको भरपर्दा सर्वसाधारणले राम्रोसँग घर जान पाएका छैनन् । उनीहरू छत, बर्नेटमा बसेर जानुपर्ने बाध्यता रहेको छ । हजाराँै गाडी थपे पनि सर्वसाधारण सधँैको वर्षजस्तै सुविधाजनक बसमा जान पाउदैनन् ।

प्रतिकृया दिनुहोस

निर्मला हत्या काण्डमा पक्राउ परेका प्रदीप रावलद्वारा निर्मालाको हत्या गरेको स्वीकार ।

काठमडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका छिमेकी प्रदीप रावलले हत्यामा संलग्न रहेको साविती बयान दिएका छन्। केही दिनअघि राजधानीबाट

नेपाल संवत ११ सय ३९ आजबाट सुरु ।

काठमाण्डाैँ        नेपाल संवत ११ सय ३९ आजबाट सुरु भएको छ । नेपाल संवतको नयाँ वर्ष देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार

तिहारको तेस्रो दिन लक्ष्मीको किन पूजा गरिन्छ ?

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ