• शनिबार ८-२९-२०७५/Saturday 12-15-2018

बिमस्टेक राष्ट्रका प्रमुखबीच होटल सोल्टीमा रिट्रिट शुरु

     काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास ९बिमस्टेक० का राष्ट्राध्यक्ष तथा सरकार प्रमुखबीचको अनौपचारिक राजनीतिक संवाद ९रिट्रिट० शुरु भएको छ ।बिमस्टेक सदस्य राष्ट्रका राष्ट्राध्यक्ष–सरकार प्रमुखलाई आवासको व्यवस्था गरिएको ताहाचलस्थित होटल सोल्टीमा रिट्रिट शुरु भएको हो ।सोल्टी होटलको पौडी पोखरी परिसरमा आयोजना गरिएको रिट्रिटमा अहिले सदस्य राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखँगै उनीहरूका जीवनसाथी सहभागी छन् ।बिम्स्टेकका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली तथा उनकी धर्मपत्नी राधिका शाक्यले रिट्रिटस्थलमा सदस्य मुलुकका राष्ट्राध्यक्ष–सरकार प्रमुख तथा उनीहरुका जीवनसाथीलाई स्वागत गरेका थिए ।रिट्रिटमा सहभागी राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरुले बिहानको खाजा खानेछन् । खाजापछि केहीबेर व्यक्तिगत कुराकानी गर्ने र त्यसपछि सामूहित तस्वीर खिचाउने कार्यक्रम तय भएको छ ।

रिट्रिटलाई औपचारिक रूपमा अभिव्यक्त गर्न नसकिने विषय उठाउने उपयुक्त अवसरका रूपमा प्रयोग गर्ने गरिएको छ ।

प्रतिकृया दिनुहोस

ओली सरकार लाई प्रकाण्डले दाङ अदालत बाटै भने ईतिहासमा चर्को मुल्य चुकाउनु पर्ने छ

नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले आफूलाई राजनीतिक पूर्वाग्रहका आधारमा फसाउन खोजिएको बताएका छन् । जिल्ला अदालत दाङबाट तीन दिन

मन्त्रीभन्दा कर्मचारीका नेता कडा १ निजामती ऐन ‘मरेको ऊँट’ रु

निजामती दिवसको अवसरमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा दुईथरि विचारको टकराव देखियो

बिमस्टेक सम्मेलनमा तामझाम धेरै, एजेण्डा थोरै

काठमाडौं ।            बिहीबारदेखि काठमाडौंमा शुरु हुने प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास ९बिमस्टेक० चौथो सम्मेलनमा