• शनिबार ८-२९-२०७५/Saturday 12-15-2018

जुँगा हेरेर बजेट दिइँदैन स् मुख्यमन्त्री शाही

    कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपालको शिक्षा नीतिले समाजमा भएका समस्याको सामना गर्न नसकेको बताएका छन् । बुधवार वीरेन्द्रनगरमा आयोजना गरिएको वातावरण पत्रकार समूहको सञ्चार बहस ः प्राथमिकतामा वातावरण विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको समुन्नतिको लागि काम गर्न सक्ने शिक्षा नीति आवश्यक रहेको बताए । ‘अहिलेको हाम्रो शिक्षा नीति प्रमाणपत्र सिरानीमा राखेर सुत्ने खालको छ,’ उनले भने, ‘त्यति मात्रै होइन, कपि गर्ने र लेख्ने प्रचलन हाबी भइरहेको छ ।’मुख्यमन्त्री शाहीले अहिलेको विज्ञ वर्गमा आफूले केही गर्न नपर्ने तर अरुले भने विज्ञले भनेको मान्नुपर्ने धारणा रहेको बताए । ‘हाम्रा विज्ञ अरुलाई सिकाउँदै हिँड्छन् । उनीहरूले अरुले लागू गर्नुपर्छ भन्छन् । तर, आफूले कहिल्यै लागू गर्दैनन्,’ उनले भने, ‘यहाँ आफ्नो काम नगर्ने, अर्काको मात्रै खोइरो खन्ने प्रवृत्ति बढेको छ ।’ उनले त्यस्तो गर्नुभन्दा आफ्नो जिम्मा आफैले लिनु उपयुक्त भएको बताए ।‘अर्काको किन जिम्मा लिनुहुन्छ रु’ उनले भने, ‘खुरुखुरु आफ्नो जिम्मा लिनुस्, व्यावहारिक बन्नुस्,’ उनले भने । मुख्यमन्त्री शाहीले कुरा ठूला गर्ने, आदर्शका गर्ने तर आनीबानी पुरानै दोहोर्याउने गरेका कारण नेपालको विकास हुन नसकेको बताए ।

       मुख्यमन्त्री शाहीले नेपालमा सैद्धान्तिक ज्ञान मात्रै दिइने गरेका कारण समाज पछि परेको बताए । ‘प्रोजेक्टरमा सुन्तला खेती यसरी गरिन्छ भनेर देखाइने गरिएको छ,’ उनले भने, ‘त्यसो गर्दा एकछिन कृषकले आनन्द मानेर हेर्लान् । तर, उनीहरूले व्यवहारमा उतार्न सक्दैनन् ।’ मुख्यमन्त्री शाहीले प्राविधिक ज्ञान दिने नै हो भने फिल्डमा गएर बुझाउन र खटन आवश्यक रहेको उनले बताए ।मुख्यमन्त्री शाहीले कर्णालीको आगामी ५ वर्षमा मुहार परिवर्तन गरिछाड्ने बताए । ‘कर्णालीको विकास र परिवर्तन सम्भव छ,’ उनले भने, ‘यसका लागि मुख्यमन्त्रीले चाहेर मात्रै हुँदैन, सबैको चाहना हुनुपर्छ ।’ उनले कर्णाली प्रदेश सरकार सबैभन्दा पहिले प्रदेशको गुरूयोजना बनाउने तयारीमा लागेको बताए ।विगतमा भनसुनका आधारमा बजेट र योजना बाँडिन्थ्यो,’ उनले भने, ‘यो वर्ष प्रदेशमा केही मात्रामा त्यस्तो देखिएपनि अर्को वर्षबाट हामी बजेट विनियोजन गर्दा कनिका छराइ गर्ने छैनौं । कर्णालीको गुरूयोजना अनुरुप हामी विकास निर्माण गर्ने छौं ।’ मुख्यमन्त्री शाहीका अनुसार गुरुयोजना तयार भएको खण्डमा आवश्यकता र समृद्धिको पहिचानका आधारमा बजेट विनियोजन गरिने प्रतिबद्धता जनाए । उनले सबैभन्दा पहिले नेतृत्वको सकारात्मक सोच आवश्यक हुने बताए । ‘सबैभन्दा पहिले नेतृत्वको सकारात्मक सोच हुनुपर्छ । सोचलाई योजनामा रुपान्तरण गर्न सक्नुपर्छ,’ उनले भने, ‘अनि योजना कार्यान्वयनका लागि आत्मविश्वासका साथ साधनस्रोतको व्यवस्थापन गरी पारदर्शिता अपनाउन सकेको खण्डमा कर्णालीको समृद्धि कसैले पनि रोक्न सक्दैन ।’

     मुख्यमन्त्री शाहीले विदेशीले सानो रकममा धेरै काम गर्ने गरेको बताउँदै कर्णालीमा कम खर्चबाट बढी काम गरेरै छोड्ने प्रतिबद्धता जनाए । उनले प्रदेश सरकारले मितव्ययीता अपनाउने प्रष्ट पारे ।विगतमा केन्द्रले बजेट ल्याउँदा अनुहार हेरेर, छाला हेरेर, जुँगा हेरेर योजना आयोगले संसदलाई बजेट वा आयोजना दिने गरेका थिए,’ उनले थपे, ‘तर, हामी कर्णालीमा जनताका आवश्यकता हेरेर गुरूयोजना मुताविक आयोजना बनाउने छौं ।’ मुख्यमन्त्री शाहीले नेपालमा नभए विदेशबाट भएपनि विज्ञ ल्याएर गुरूयोजना बनाइने बताए ।मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको सबै ठाउँमा सडक नपुर्याउने बताए । ‘हामी सबैभन्दा पहिले एकीकृत बस्ती बसाउँछौं,’ उनले भने, ‘त्यसपछि आवश्यक पर्ने ठाउँमा बाहेक अन्यत्र हामी सडक नलिने योजनामा छौं ।’मुख्यमन्त्री शाहीले कर्णालीलाई ‘भर्जिन’ बनाइराख्न त्यस्तो कदम उठाइने बताए । ‘हाम्रा डाँडापाखा, जंगलहरू अन्य पर्यटकका लागि आनन्द लिने माध्यम हुन्,’ उनले भने, ‘सरकार ती संरचना बिगार्ने गरेर कुनै पनि विकासे गतिविधि गर्दैन ।’

प्रतिकृया दिनुहोस

निर्मला हत्या काण्डमा पक्राउ परेका प्रदीप रावलद्वारा निर्मालाको हत्या गरेको स्वीकार ।

काठमडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका छिमेकी प्रदीप रावलले हत्यामा संलग्न रहेको साविती बयान दिएका छन्। केही दिनअघि राजधानीबाट

नेपाल संवत ११ सय ३९ आजबाट सुरु ।

काठमाण्डाैँ        नेपाल संवत ११ सय ३९ आजबाट सुरु भएको छ । नेपाल संवतको नयाँ वर्ष देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार

तिहारको तेस्रो दिन लक्ष्मीको किन पूजा गरिन्छ ?

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ