• शनिबार ८-२९-२०७५/Saturday 12-15-2018

बिम्स्टेक तयारीका लागि सचिवस्तरीय बैठक बस्दै

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक० सदस्य मुलुकका विदेश मन्त्रालयका सचिवहरूको बैठक मंगलबार बिहान काठमाडौंमा बस्ने भएको छ । चौथो शिखर सम्मेलनको तयारीका लागि सम्मेलनको पूर्वसन्ध्यामा सचिवस्तरीय बैठक बस्न लागेको हो ।परराष्ट्र मन्त्रालयले बिम्स्टेक राष्ट्रका विदेश सचिव काठमाडौं आइपुगेको र आज सचिवस्तरीय १९ औं बैठक हुने जानकारी दिएको छ ।

   सचिवस्तरीय बैठकमा शिखर सम्मेलनका विषय, सिफारिस गर्ने विषयगत क्षेत्र र यसअघिका उपलब्धिको पुनरावलोकन तथा कार्यान्वयनको प्रगति समीक्षा सम्बन्धमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।त्यसैगरी, बिम्स्टेकलाई प्रभावकारी र परिणाममुखी बनाउने, सहयोगका क्षेत्रलाई प्राथमिकताका आधारमा र समूहीकृत गर्ने, संस्थागत सुधार सुदृढिकरणलगायत विषयमा समेत छलफल र परामर्श हुनेछ ।सो बैठकपछि भदौ १३ गते सदस्य राष्ट्रका परराष्ट्ररविदेश मन्त्रिस्तरीय बैठक हुनेछ भने भदौ १४ र १५ गते राष्ट्राध्यक्षरसरकार प्रमुखको शिखर सम्मेलन हुनेछ ।वरिष्ठ अधिकारीको बैठकले सुझावसहित प्रतिवेदन मन्त्रिस्तरीय बैठकमा पेश गर्नेछ । उक्त सुझावमाथि भदौ १३ गतेको मन्त्रिस्तरीय बैठकमा छलफल हुनेछ ।

      बिम्स्टेकमा नेपालले खासगरी सम्पर्क सञ्जाल विस्तार, बौद्ध परिपथ, हिमालय अर्थनीति, बिम्स्टेकको बडापत्र निर्माणलगायत विषयमा जोड दिने मन्त्रालयले जनाएको छ ।बिम्स्टेक सदस्य राष्ट्रबीच सहयोग र साझेदारी प्रवद्र्धन गरी आर्थिक विकास र समृद्धि हासिल गर्ने उद्देश्यले सन् १९९७ मा यसको स्थापना भएको हो । बंगलादेश, भारत, म्यान्मार, श्रीलंका थाइल्याण्ड, नेपाल र भुटान यसका सदस्य राष्ट्र हुन् ।बिम्स्टेकमा हाल व्यापार एवं लगानी, यातायात तथा सञ्चार, ऊर्जा, पर्यटन, प्रविधि, मत्स्यपालन, कृषि, जनस्वास्थ्य, गरीबी निवारण, प्रतिआतंकवाद र अन्तर्राष्ट्रिय अपराध प्रतिरोध, वातावरण तथा विपद् व्यवस्थापन, सदस्य देशका जनताबीच सम्बन्ध विस्तार, सांस्कृतिक सहयोग र जलवायु परिवर्तन गरी सहयोगका १४ क्षेत्र निर्धारण गरिएका छन् ।

प्रतिकृया दिनुहोस

ओली सरकार लाई प्रकाण्डले दाङ अदालत बाटै भने ईतिहासमा चर्को मुल्य चुकाउनु पर्ने छ

नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले आफूलाई राजनीतिक पूर्वाग्रहका आधारमा फसाउन खोजिएको बताएका छन् । जिल्ला अदालत दाङबाट तीन दिन

मन्त्रीभन्दा कर्मचारीका नेता कडा १ निजामती ऐन ‘मरेको ऊँट’ रु

निजामती दिवसको अवसरमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा दुईथरि विचारको टकराव देखियो

बिमस्टेक राष्ट्रका प्रमुखबीच होटल सोल्टीमा रिट्रिट शुरु

     काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास ९बिमस्टेक० का राष्ट्राध्यक्ष तथा सरकार प्रमुखबीचको